भद्रपुरमा ७० प्रतिशत मत खस्यो

  प्रकाशित मिति
१४ असार २०७४, बुधबार १८:३३


8627987789103702621-account_id=1
भद्रपुर । स्थानीय तह निर्वाचन अन्र्तगत आज भएको मतदानमा भद्रपुर नगरपालिकामा ७० प्रतिशत मत खसेको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।
प्रमुख निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार झापाको भद्रपुर नगरपालिकाका ५३ वटा मतदान केन्द्रको प्रारम्भिक नतिजाले ७० प्रतिशत हाराहारीमा मत खसेको हो ।

भद्रपुर नगरमा सवैभन्दा कम ३ नम्वर वडाको भैसावाडी केन्द्रमा २ सय ७९ मतदाता छन् भने सवैभन्दा बढी भद्रपुर १० स्थित वीरेन्द्र मावि चन्द्रगढीमा १ हजार ६४ मतदाता रहेका छन् ।

यसैगरी भद्रपुर ९ स्थित जीवनज्योति आधारभूत विद्यालयको क केन्द्रबाट १०२ वर्षीया गंगादेवी उप्रेतीले मतदान गरेकी छिन् ।

४२ हजार ५७ मतदाता भएको भद्रपुर नगरका २५ स्थलमा ५३ वटा मतदान केन्द्र रहेका थिए । जिल्ला कै सुरक्षित मतदान केन्द्र मानिएको भद्रपुरमा शान्तिपूर्ण मतदान भएको प्रहरीको भनाइ छ । मतदानका लागि विहान ६ वजेबाटै उत्साहका साथ मतदाता मतदान केन्द्र पुगेका केन्द्रमा विहानको समयमा अत्याधिक भीडभाडका साथ मतदान चलेको दृष्य देखिएको थियो ।

यता जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा जिल्लामा शान्ति सुरक्षाको अवस्था सवल रहेको जनाएको छ । झापामा निर्वाचन विरोधी कार्य नभएकोले शान्त अवस्थामा मतदान सम्पन्न भएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

यसैगरी झापा जिल्ला कै नमुना मतदान केन्द्रका रुपमा चन्द्रगढी स्थित मेची रङ्गशाला मतदान केन्द्रमा महिलाको नेतृत्वमा सम्पूर्ण कर्मचारी परिचालन गरी निर्वाचन सम्पन्न गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेका अनुसार भद्रपुर नगरपालिका ८ स्थित मेची रङ्गशालामा रहेका दुई वटा निर्वाचन केन्द्रमा खटिएका सम्पूर्ण कर्मचारीहरु महिला नै भएको जनाएका छन् । राष्ट्रिय वाणिज्य बैंक, भद्रपुर शाखाकी प्रमुख शान्ता बराल र महिला तथा बालबालिका कार्यालयकी शाखा अधिकृत समीक्षा निरौलाको नेतृत्वमा महिला कर्मचारी खटाइएको हो ।

जिल्लामै नमुना मतदान केन्द्र बनाई शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन गराउनका लागि महिला कर्मचारी खटाइएको सो केन्द्रमा दुवै जनाको नेतृत्वमा छ÷छजना महिला कर्मचारीको टोलीले निष्पक्ष मतदान कार्य सम्पन्न गरेका छन् ।

विवाद रहित सो केन्द्रका ७० प्रतिशत मत खसेको छ । १ हजार ४ सय ८४ मतदाता रहेको ती केन्द्रमा १ हजार १९ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: