भद्रपुर आइपुग्यो सरकारको पीसीआर मेसिन, अर्को कनकाईमा

  प्रकाशित मिति
१० श्रावण २०७७, शनिबार ०८:३०


भद्रपुर, १० साउन । प्रदेश सरकारले दिएको कोरोना परीक्षण गर्ने पीसीआर मेसिन मेची अञ्चल अस्पतालमा आइपुगेको छ । मेसिन आज विहान ९ बजेदेखि जडान कार्य सुरु हुने भएको छ ।

मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले झापाका प्रदेश सांसदहरुलाई शुक्रवार विराटनगरमा सो मेसिन हस्तान्तरण गरेका थिए ।

मेसिन भद्रपुरमा आइपुगेको र आज विहान सांसदहरुसँगको भेटघाटपछि जडान कार्य प्रारम्भ गरिने अस्पताल स्रोतले जनाएको छ । मेसिनले दैनिक ९० जनाको कोरोना जाँच्न सक्ने बताइएको छ ।

पीसीआर मेसिनलाई मेची अञ्चल अस्पतालभित्र प्रयोगशालामा राखिने जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले जनाएका छन् । सो मेसिन स्वीस सरकारले प्रदेश सरकारलाई दिएको हो ।

अर्को मेसिन कनकाईमा

झापामा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन अब दुई वटा भएका छन् ।

‘एकका लागि एक अभियान’ले जनस्तरमा चन्दा सङ्कलन गरेर खरिद गरेको अर्को मेसिन कनकाईको समर्पण भवनमा जडान कार्य सम्पन्न भइसकेको छ ।

अभियानका संयोजक महेन्द्र गिरीले जनस्तरबाट सहयोग जुटाएर स्थापना गरिएको यो पीसीआर मेसिन प्रदेश सरकारलाई नै हस्तान्तरण गरिने र मेची अञ्चल अस्पताल मातहत सञ्चालनका लागि हस्तान्तरण गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: