भद्रपुर, १ फागुन । प्रेस क्लब भद्रपुरको आज सम्पन्न दोस्रो अधिवेशनले गोविन्दचन्द्र क्षेत्रीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
तीनवर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा माया पकुवाल, महासचिव उत्तम नेपाल, सचिव पार्थ मण्डल र कोषाध्यक्षमा सुभद्रा खड्का अधिकारीलाई निर्विरोध चयन गरिएको हो ।
यसैगरी सदस्यमा क्रमशः द्रोण अधिकारी, वीरेन्द्र न्यौपाने, धर्म राई र राधा खनाल रहेका छन् ।
समितिको सल्लाहकारमा चिन्तामणि दाहाल, माधव विद्रोही, तारामणि सापकोटा, गोपाल गिरी र कृष्ण दाहाललाई नियुक्त गरिएको छ ।