भद्रपुर भन्सारमा पाँच महिनामा १५ करोड बढी राजस्व संकलन

  प्रकाशित मिति
२३ पुष २०७७, बिहीबार १६:४१


भद्रपुर, २३ पुस । झापाको भद्रपुर भन्सार कार्यालयले यसै आ.व. २०७७÷७८ को साउनदेखि मंसिर मसान्त सम्मको विगत ५ महिनाको अवधिमा लक्ष्य नजिक १५ करोड ७१ लाख १९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

आगामी असार मसान्त सम्मको ६ महिनाको अबधिभित्र एकमुष्ठ १६ करोड ६५ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले विगत ५ महिनामा १५ करोड माथि राजश्व संकलन गर्न सफल भएको हो ।

कार्यालयले विगत बर्षहरुको दांजोमा यस आ.व.मा केहि बढी राजश्व संकलन गर्ने लक्ष्य लिएको जनाएको छ ।

गत चैत्र महिनादेखि असार सम्म रहेको निरन्तर लकडाउनका कारण राजश्व असुलीमा समस्या भए पनि पछिल्लो समयमा कोभिडको सामान्य असर परे पनि त्यस्तो खासै समस्या नभएको कार्यालय प्रमुख प्रमोद पौडेलले बताए ।

उनले सरकारको बार्षिक निति तथा कार्यक्रम भित्र रहेर विभागको निर्देशन अनुसार यस अबधीमा व्यापारलाई सहजीकरण गर्दै राजश्व अशुलीमा आफुहरु निरन्तर लागिरहने प्रतिबद्धता समेत जनाए ।

गत असार मसान्त सम्मको एक आ.व.मा १४ करोड ४९ लाख रुपैया राजश्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

नेपालको भारत संग सीमा जोडिएका गलगलीया, ठाकुरगन्ज, सिलगुडी लगायतका विभिन्न स्थानहरुबाट कपडा, चिया प्रशोधनमा प्रयोग गरिने सामग्रिहरु, उद्योगका मेशिनरी पार्टपुर्जा लगायतका विभिन्न सामग्रीहरु यस नाका बाट आयात हुने गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: