भद्रपुर र दमकमा डुबान

  प्रकाशित मिति
७ असार २०७३, मंगलवार १४:५२


badi

झापा । झापामा गएरातिदेखि लगातार परेको बर्षाका कारण सय घर बढी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर–५ र ७ वडाका सय बढी घर भएको वस्तीमा पानी जमेर डुबानमा परेको प्रहरीको भनाई छ । हाल जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टरको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयवासीले डुबानमा परेकाहरुलाई उद्धार गरिरहेको जनाएको छ ।

जथाभावी गरिएको जग्गा प्लटिङ र अव्यवस्थित ढल निकासका कारण ती वस्तीमा पानी जमेको स्थानीयको आरोप छ ।

रतुवा खोलामा आएको बाढीले दमक–१ का राजकुमार राईलाई बगाएकोमा स्थानीयवासी र प्रहरीले उनलाई उद्धार गरेर आम्दा अस्पताल दमकमा पुर्याएको प्रहरीले जनाएको छ ।

बाढीले २ किलोमिटरसम्म बगाउँदै गर्दा प्रहरीसहितको टोलीले राईलाई उद्धार गरेको थियो ।
त्यसैगरी दमक नगरपालिका–९ लखपुरमा पनि रतुवा खोलाको पानी बसेर ६ वटा घर जोखिममा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: