‘भद्रपुर हाँक्ने खुवी हामीसँग पनि छ’

  प्रकाशित मिति
२३ बैशाख २०७४, शनिबार ११:४०


goma 1भद्रपुर । पूर्वाञ्चलकै सवैभन्दा पुरानो नगरपालिका भद्रपुरको आसन्न निर्वाचनमा मेयर पदमा नेपाली काङ्ग्रेसकी महिला नेतृ गोमा भट्टराईले उम्मेद्वार बन्ने आकांक्षा राखेकी छन् ।

झापाको १५ स्थानीय तहमध्ये नगरपालिकाको मेयर पदमै दावी गर्ने उनी एक्ली नेतृ हुन् । काङ्ग्रेसबाट गाउँपालिकाको अध्यक्ष पदमा र अधिकांश नगरपालिकामा उपमेयर पदमा मात्र महिलाहरुको दावी छ ।

भद्रपुरमा काङ्ग्रेसबाट मेयर पदमा उम्मेद्वारको आकांक्षी बन्नेहरुमा गणेश पोखरेल, राजेन्द्र घिमिरे लगायतको नाम चर्चामा छ । तर महिलाले मेयरमै दावी गरेर भट्टराईलेआफुलाई हिम्मतिली सावित गरेकी छन् ।

भट्टराईले मृत सहरको उपमा पाएको भद्रपुरलाई आफु मेयर भएमा नमुना बनाउने सपना साँचेकी छन् । भद्रपुरको विकास निर्माणका लागि मेयर पदमा आफ्नो उम्मेद्वारी आवश्यक रहेको उनी बताउँछिन् ।

मेयर पदमा उम्मेद्वारी दिनुमा आफ्नो मात्र नभएर समग्र नगरवासीको इच्छा भएको उनी बताउँछिन् । उनी भन्छिन्–‘आम नगरवासी महिला प्रमुख भएको हेर्न चाहन्छन्, उनीहरुको मागलाई सम्बोधन मैले गर्नैपर्छ ।’

पार्टीले उम्मेद्वार बनाएमा सहजै चुनाव जित्ने उनको दावी छ । पुरुषहरु धेरैपटक यस नगरको प्रमुख भइसकेको उल्लेख गर्दै एकपटक

महिलाको हातमा बागडोर दिन नगरवासी इच्छुक रहेको उनी बताउँछिन् ।
२०३५ सालदेखि राजनीतिमा सक्रिय भएर पटक–पटक प्रहरी हिरासतमा रहेर समेत जनता र राष्ट्रका हितमा काम गरेकी नेतृ भट्टराईले गाउँ र नगरको विकास निर्माणसँगै नगरमा आउने विभिन्न समस्याहरुको समाधान गर्ने आफुसँग खुवी भएको बताएकी छन् ।

पहिलो संविधान सभामा समानुपातिक उम्मेद्वार, २०३८ सालमा नेपाल विद्यार्थी सङ्घबाट विद्यालय स्तरीय सचिव, २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व, २०४८ सालमा नेपाली काङ्ग्रेस चन्द्रगढी गाविसको सभापति समेत भई काम गरेको उनको अनुभव छ ।

यसैगरी, शाही शासनकालमा विभिन्न राजनीतिक दलको नेतृत्व गर्ने क्रममा पटक–पटक प्रहरी दमनमा परी घाइते हुनुका साथै हिरासतमा परेकी, वाल सङगठन झापा अध्यक्ष, महिला सञ्जाल झापा उपाध्यक्ष लगायतका विभिन्न संस्थाको नेतृत्वदायी अनुभव भएकी उनी हाल नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनबाट प्रदेश नं. १ बाट केन्द्रिय सदस्यमा निर्वाचित भएर काम गरिरहेकी छिन् ।

पार्टीले आफूलाई नै उम्मेद्वारी वनाउनेमा विश्वस्त रहेकी नेतृ भट्टराईले मेयर पदमा जितेरै छोड्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । उनले मेयर पदमा आफुले जितेमा भद्रपुर नगरपालिकाको शिक्षा, स्वास्थ्यलगायतका विषयमा सुधार गर्ने प्रतिवद्बता व्यक्त गरिन् ।

उनले मेची अञ्चल अस्पताल भद्रपुरलाई मेडिकल कलेजमा परिणत गर्ने, नगरलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिलाई सिमसार क्षेत्रमा परिणत गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, धार्मिक पर्यटकीय स्थल किच्चकवधलाई थप विकसित गर्दै पर्यटकीय धार्मिक क्षेत्रमा परिणत गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरिन्् ।

उनले पार्टीमा पनि नयाँ तथा पुराना पुस्तालाई मिलाएर लैजाने खुबी आफूसँग भएको बताउँदै सबैको साथ र सहयोगमा नै अघि वढ्ने बताइन् । जीवनको सम्पूर्ण समय नै आफूले समाज र राजनीतिमै समर्पित गरिसकेको बताउँदै पार्टीले आफूलाई नै मेयर पदको उम्मेद्वार बनाउनेमा उनी ढुक्क छिन् ।

परिवर्तनका लागि गरिएको सङ्घर्ष र पार्टीले दिएको जिम्मेवारी पूरा गरेको बताउँदै उनले भनिन्–‘विकल्पमा सायदै पार्टीले अर्को उम्मेद्वार खोज्दैन ।’
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: