भरतमणि नै भए कमेडी च्याम्पियन

  प्रकाशित मिति
३ आश्विन २०७८, आईतवार ०९:३०


झापा, ३ असोज । ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन भएका छन् । फाइनल प्रतिष्पर्धामा उनले अरु दुई साथीलाई पछाडि पार्दै च्याम्पियन बनेका हुन् ।

शनिवार मध्यराति सम्पन्न रियालिटी शो ‘कमेडी च्याम्पियन २’को उनी विजेता घोषित भए ।

उपाधि जितेपछि पौडेलले आफुलाई विजेता बनाउन सहयोग र साथ दिने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

विजेता घोषणा भएको केही घण्टापछि सामाजिक संजालमा एक पोष्ट गर्दै पौडेलले यो जित आफ्नो मात्र नभएर सबैको भएको बताए ।

सबै प्रिय भगवानरुपि दर्शक तथा समर्थकमा नमस्कार भन्दै उनले सुरु गरेको स्टाटसमा उनले सबैको प्रतिक्रिया र सुझावलाई आत्मसात गर्दै अगाडि बढ्ने समेत बताएका छन् ।

‘विश्व भुगोलमा बसोबास गर्नु भएका सम्पुर्ण नेपाली र नेपाली मनहरू प्रति हृदय देखिनै आभार प्रकट गर्दछु । तपाईहरुले यस्तो महामारिको समयमा पनि प्रतिस्पर्धा गरिरहँदा मेरो हसाउने प्रयासलाई साथ दिनु भएको छ’ उनले अगाडि लेखेका छन् ‘मेरो लागि देश तथा बिदेशमा अभियान चलाइदिनुभयो । मलाई सधै अगाडि बढ्न प्रेरित गर्न गरिरहनु भयो ।’

अवको दिनमा आफुलाई सही बाटोमा हिड्न खबरदारी गर्ने जिम्मा समेत सबैको रहेको बताएका उनी अगाडि थप्छन् ‘कमेडी च्याम्पियन सिजन २ को उपाधि जित्न सफल पनि तपाइँहरुकै साथले सम्भव भएको हो । त्यसैले अगामी दिनमा पनि यतिकै माया र साथ पाउनेछु भन्नेमा ढुक्क छु । मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तपाईलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: