भरियाबाट उद्योग मालिक

  प्रकाशित मिति
२७ भाद्र २०७३, सोमबार ११:२३


ugyog
इलाम । रसुवाको यार्सामा जन्मिएका तुलु तामाङसँग ठूलो सपना थिएन । उनले बाबुआमाले खेतवारीमा धेरै दःुख गर्दा पनि परिवारको गुजारा गर्न नसकेको देखेका थिए । त्यसैले त स्कुल जान छाडेर उनी १४ वर्षकै उमेरमा विदेशी पर्यटकको झोला बोक्न गए ।
‘आफ्नो बारीको आलु, मकै र कोदोले खान नपुग्ने भएपछि अक्षर चिन्न नपाई भरिया काम गरियो’ उनी विगत सम्झिन्छन् । उनको विगत र वर्तमानमा आकाश जमिनको परिवर्तन आइसकेको छ । हिमाली गाउँको गरिव परिवारमा जन्मिएका तुलु अहिले करोड लगानीको उद्योगको मालिक भएका छन् ।

उनले २०६६ सालमा इलामको पशुपतिनगरमा स्थापना गरेको लक्की डेरीबाट महिनामा ५० लाखको चीज बिव्रmी हुन्छ । सबै खर्च कटाएर २ लाख त मुनाफा नै आर्जन गर्छन् । चीज उद्योगसँगै बङ्गुर र गाईपालन पनि उनको अतिरिक्त आम्दानीको श्रोत हो । एउटा हिमाली गाउँमा पर्यटकको भारी बोक्ने बालक चीज उद्योगको मालिक बन्दासम्म उनले चुनौतीका धेरै पहाड चढेका छन् । पर्यटकको भारी बोकेर तुलुले लाङटाङ, गोसाइकुण्ड, पोखरा, अन्नपूर्ण पदयात्रामार्ग जस्ता प्रमुख पर्यटकीय गन्तव्य छिचोलेका छन् । पेट पाल्न गरुङ्गो भारी बोकेर हिउँको बाटोमा चिप्लिदै हिँड्नुपर्ने पेसामा उनी धेरै समय टिकेनन् ।

दुई वर्षपछि उनी काठमाडाँैं झरे । ‘कामको खोजीमा एक्लै काठमाडौँ आएको थिएँ, कति दिन त सडकमै बास भयो’ उनी सम्झिन्छन्, ‘अक्षर चिन्ने भनेर काठमाडौँ गएको थिएँ, इलाममा चीज फ्याक्ट्री खुल्ने हल्ला सुनेपछि त्यसैका पछि लागेँ ।’ २०५२ सालमा यती डेरी उद्योगमा काम गर्न इलामको पशुपतिनगर हानिएका उनी सुरुमा दूध बोक्ने, दूध तताउने, दाउरा मिलाउने, उद्योग सफा गर्ने काम गर्थे । ‘सुरुमा चीज कस्तो हुन्छ भनेर नजिकैबाट हेर्न मात्र पाइन्थ्यो छुन पाइएन’ उनी भन्छन् ‘लेवर काम गरेको दस वर्षपछि मात्रै चीज बनाउने कामको अवसर मिल्यो ।’ तुलु उद्योगकै काममा रमाइरहेका थिए । मालिक फेरिने र समय समयमा चीज कारखाना बन्द हुन थालेपछि एक समय उनी बेरोजगार हुन पुगे । त्यसपछि उनलाई यहाँको जागिर भर लागेन ।

२०६६ साल असोज १ गते उनले ठूलो आँट निकालेर जागिर छाडे । उनी आफैँ चीज उद्योग खोल्ने योजनामा पुगे । ससुरालीको १० हजार रुपैयाँबाट दुध प्रशोधनको काम सुरु गरेका उनी भन्छन्, ‘सानो लगानी भएका कारण सुरुमा कसैले पनि पत्याएनन् किसानले आफ्नो पैसा डुब्छ भनेर मेरो उद्योगमा दूध बेच्न मानेनन् ।’

किसानले दूध नबेचेपछि तुलुले सुन्दरपानी दुग्ध उत्पादन सहकारी संस्थाबाट ४० लिटर दूध किनेर लक्की डेरी सुरु गरे । त्यति दूधको चीज बिव्रmी गर्न पनि सुरुमा उनले सकेनन् । ‘चीज उत्पादन गरेपनि बिव्रmी गर्न समस्या थियो । आठ दश महिना त बनाएको चीज घरमै थन्क्याएर ऋण खोज्दै दूधको पैसा तिर्नुपर्यो’ उनले विगत सम्झिए । त्यसपछि उनको चीज बिव्रmी विस्तारै बढ्न थाल्यो ।
त्यसपछि भने उनलाई किसानहरुले दूध बिव्रmी गर्न थाले । दिनमा १० किलोग्राम चीज उत्पादन गर्ने उनलाई ११ किलो उत्पादन गर्न एक वर्ष कुर्नुपर्यो । हिजोआज भने चीज बेच्न समस्या छैन । ग्राहकहरु उद्योगमै किन्न आइपुग्छन् । लक्की डेरीबाट उत्पादन भएको चीज काठमाडाँैं, पोखरा, विराटनगरका अतिरिक्त भारतका सिक्किम, दार्जिलिङ, आसाममा निर्यात हुँदै आएको छ । उत्पादित चीज नेपाल र भारतमै खपत भएपछि तेश्रो मुलुकमा निर्यात गर्ने उनको चाहना पूरा भएको छैन ।

उद्योगमा गैरीगाउँ, भाँझगाउँ, रुङसुङका किसानले दूध बिव्रmी गर्छन् । चारजना स्थानीयले रोजगारी पाएका छन् । चीज उद्योग बाहेक तुलुले १९ वटा गाई पालेका छन् भने उन्नत जातका ४० वटा बङ्गुर छन् । ‘गाईको स्याहारका लागि घाँस काट्ने मान्छे छन्,’ उनी भन्छन्, ‘बङ्गुरलाई भने चीज बनाउँदा निस्कने पानी आहारा हुन्छ ।’ उनी आफूले गरेको मेहनतका कारण भरियादेखि उद्योग मालिकसम्म आइपुगेको ठान्छन् । भन्छन्, ‘आखिरीमा मेहनत गरे सबै सम्भव हुँदोरहेछ अरुको उद्योगमा झन्डै १ वर्ष काम गरेर आफँै केही गर्ने प्रयास गर्दा सफल भइछाडेँ,’ उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: