भर्खरै : रिहा भए ४० वर्षदेखि कोलकातामा थुनिएका इलामका दुर्गा

  प्रकाशित मिति
७ चैत्र २०७७, शनिबार १३:३०


झापा, ७ चैत्र । भारतको कारागारमा थुनिएको ४० वर्षपछि इलामका दुर्गाप्रसाद तिम्सिना आज थुनामुक्त भएका छन् ।

उनी कर्तव्य ज्यान मुद्दामा थुनामा थिए । नेपालमा आफन्तले भने चालीस वर्षदेखि वेपत्ता रहेको ठान्दै आएका थिए ।

उनलाई थुनामुक्त गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो।

भाइ प्रकाशचन्द्र तिम्सिनाले रिहा भएका दाजु दुर्गाको जिम्मा बुझेका छन् ।

उनका भाइ नेपालबाट कोलकाता पुगेपछि दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुरु भएको थियो।

प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: