भर्खरै : एमालेको अगुवा कार्यकर्ता भेला सुरु, ओलीले केहीबेरमा सम्बोधन गर्दै

  प्रकाशित मिति
२९ भाद्र २०७८, मंगलवार १३:३२


झापा, २९ भदौ । नेकपा एमालेको झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला विर्तामोडमा सुरु भएको छ । कार्यक्रमलाई प्रदेश नं. १ का एमाले अध्यक्ष देबराज घिमिरे, पार्टीका केन्द्रीय सदस्य देबेन्द्र दाहाल र हिक्मत कार्कीले सम्बोधन गरेका छन् ।

नेताहरुले बोल्ने क्रम जारी छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रमुख अतिथिको रुपमा सभामा उपस्थित भइसकेका छन् भने अतिथि नेताहरुको मञ्चासन भइसकेको छ । ओलीले केहीबेरमा कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

भद्रपुरकी उपप्रमुख चन्द्र श्रेष्ठले कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गरेकी छन् भने भेलाको अध्यक्षता जिल्ला इञ्चार्ज रविन कोइरालाले गरेका छन् ।

स्वागत मन्तब्यको क्रममा बोल्दै श्रेष्ठले नेकपा एमालेलाई एकताबद्ध बनाउने बताइन् ।

नेकपा एमालेको विभाजन भएपछि नेकपा एकीकृत समाजबादी गठन भइसकेको छ । विभाजनपछि अध्यक्ष ओलीको झापामा यो पहिलो प्रत्यक्ष सम्बोधन हो । यसअघि दमकको एउटा पार्टी कार्यक्रमलाई ओलीले विद्युतीय माध्यमबाट सम्बोधन गरेका थिए ।

आजको भेलामा झापाका गाउँपालिका तथा नगरपालिकाका नेकपा एमालेका जनप्रतिनिधिहरुको विशेष उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: