भर्खरै : एमाले अध्यक्ष कार्कीको घरमा कुकर बम फेला, सेनाको डिस्पोजल टोली आउँदै

  प्रकाशित मिति
१० असार २०७९, शुक्रबार ०८:१८


गौरादह, १० असार । आज विहान नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्की एवम् पूर्वमन्त्री हिक्मत कार्कीको घरमा अज्ञात व्यक्तिले कुकर बम जस्तो देखिने शंकास्पद बस्तु राखेको पाइएको छ ।

विहान साढे पाँच बजेतिर घरमा सदस्यहरु उठ्दा प्रवेशद्वार अगाडि तारले जडित प्रेसर कुकर बम देखेपछि प्रहरीलाई खबर गरिएको अध्यक्ष कार्कीले बताए ।

शंकास्पद बस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोली घटनास्थलमा बोलाइएको छ ।

शंकास्पद बस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप गिरीको भनाई छ ।

घटनास्थलमा कुनै पर्चा छैन । घटनाको जिम्मेवारी पनि कसैले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: