निरु पालको स्टाटसले ल्यायो तरङ्ग, निजी धारणा कि खुलासा ?

  प्रकाशित मिति
१६ पुष २०७७, बिहीबार २१:०१


झापा, १६ पुस । नेकपाकी नेतृ तथा विघटित प्रतिनिधि सभाकी सदस्य निरु पालले संघीयता खारेज गर्न प्रधानमन्त्रीलार्ई विवादास्पद आग्रह गरेकी छन् ।

आज साँझ ८ः१५ बजेतिर फेसबुकमा स्टाटस लेख्दै उनले संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था ल्याउनु पर्ने माग गरेकी हुन् ।

उनले यो आफ्नो व्यक्तिगत विचार भएको बताएकी छन् । यो उनको निजी धारणा हो कि भावी कदमको खुलासा ? प्रदेशहरुमा केन्द्रीय राजनीतिको किचलो आइरहेको बेला निरु पालको धारणाले राजनीतिक क्षेत्रमा तरंग पैदा गरेको छ ।

उनले संघीय सांसद्को सिट घटाएर १०५ बनाउनु पर्ने र मन्त्रीमण्डलको संख्या बढीमा १५ जनामा मात्र हुनुपर्ने सुझाव राखेकी छन् ।

भ्रष्टाचारीलाई कालकोठरीमा सडाउने र संघीयता खारेज गर्ने आँट गरे नेपाली जनताले समर्थन गर्ने भन्दै उनले यसका लागि प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेकी छन् ।

प्रधानमन्त्री ओलीले संघीयता नचाहेको आरोप विपक्षीहरुले लगाइरहेको बेला ओली पक्षकै प्रभावशाली नेतृबाट यस्तो धारणा सार्वजनिक भएको छ ।

उनको फेसबुक स्टाटसमा सयौंले समर्थन र आश्चर्य जनाउँदै समर्थन गरेका छन् ।

‘तपाई जत्तिको नेताले सबै कुरा नबुझेर बोल्नु भएन होला भन्ने लाग्छ,’ मात्रिका प्रसाद तिम्सिनाले कमेन्टबक्समा लेखेका छन् ।

केशव घिमिरेले मुलुकलाई यही बाटोमा लैजाने कार्य भइरहेको संकेत गर्दै कमेन्टवक्समा लेखेका छन्–‘आँट गर्नै पर्दैन तपाईहरुले त्यही गर्ने हो, अनि यो संविधान खारेज गरी हिजोको संविधान ल्याउने बाटो जो तय गर्नु भएकै छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: