पत्रकारहरु पनि ‘प्रतिगमन’को विरोध गर्दै सडकमा

  प्रकाशित मिति
२७ माघ २०७७, मंगलवार १५:१०


विर्तामोड, २७ माघ । नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालको प्रचण्ड-माधव समूहले आज विर्तामोडमा विरोध प्रदर्शन गरेको छ ।

प्रतिगमनविरुद्ध आयोजित प्रदर्शनमा पत्रकारहरुले प्लेकार्ड बोकेर प्रेस विरोधी कानुन फिर्ता गर, संबिधानको रक्षा गर, प्रतिगमन मुर्दावाद लगायतको नारावाजी गरेका थिए ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नारी सञ्चार गृह र आदिवासी पत्रकार संघको ऐक्यवद्धता रहेको बताइएको छ ।

नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटा, महासंघ प्रदेश १ का सदस्य तिर्थ सिग्देल, महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री, प्रेस संगठन नेपाल प्रदेश १ का संयोजक राजन केडी, झापा संयोजक मुक्ति पौडेल, फोनिजका प्रदेश १ इन्चार्ज दिपिन राई, प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य लोकराज ढकाल, रेडियो विराटकी प्रवन्ध निर्देशक तथा सञ्चारकर्मी लीला अनमोल, आदिवासी पत्रकार संघका अध्यक्ष इन्द्रसिंह राजवंशी, प्रेस संगठनका प्रदेश सदस्य सुव्रत न्यौपाने, नारी सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: