झापा, १५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको कोरोनाका कारण निधन भएको छ ।
सोमवार (आज) साँझपौने ६ बजे दिल्लीको आर एन्ड आर (सैनिक) अस्पतालमा उनको मृत्यु भएको उनका छोरा अभिजित मुखर्जीले ट्वीट गरेर जानकारी दिएका छन् ।
उनी ८४ वर्षका थिए । उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए । उनी सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्री थिए ।
गत १० अगस्टमा उनमा कोराना संक्रमण भएको पुष्टि भएको थियो । त्यस अघि उनको एउटा शल्यक्रिया गरिएको थियो ।