भर्खरै : सेनाको जाँचपछि बम नभएको पुष्टि

  प्रकाशित मिति
१० असार २०७९, शुक्रबार १०:०८


मेचीनगर, १० असार । सेनाको बम डिस्पोजल टोलीले जाँच पड्ताल गरेर कुकरभित्र विष्फोटक पदार्थ नभएको पुष्टि गरेको छ ।

नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीको घर अगाडि आज विहान साढे पाँच बजेतिर कुकर बम जस्तो शंकास्पद बस्तु राखिएको फेला परेको थियो ।

घटनास्थलमा आएको नेपाली सेनाको टोलीले शंकास्पद बस्तु (कुकर) जाँच गर्दा सो कुकर बम नभएको पुष्टि भएको हो । कुकरको बाहिरबाट भित्रसम्मै विद्युतीय वाइरिङ तार जेलिएको थियो ।

तर, कुकरभित्र विष्फोटक पदार्थ नभएर ढुंगा र बालुवा राखिएको भेटिएको घटनास्थलमा रहेका पत्रकार मिनप्रकाश उप्रेतीले जानकारी दिए । घटनास्थलबाट सेनाको टोली फर्किसकेको छ ।

अध्यक्ष कार्की संविधानसभा सदस्य समेत हुन् भने उनका सहोदर भाइ दिपक कार्की प्रदेश नं. १ का पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हुन् । दाजुभाइ नै सो घरमा बस्छन् ।

प्रहरीले त्रास सिर्जना गर्ने नियतले कसले कार्की निवासको ढोका अगाडि कुकर राखेको हो भनेर अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: