विर्तामोड । झापा जिल्ला भलिवल सङ्घको अध्यक्षमा शैलेन्द्र श्रेष्ठ (दमक) सर्वसम्मत चयन भएका छन् ।
झापा जिल्ला खेलकुद विकास समितिको कार्यालयमा शुव्रmवार भएको भेलाले सङ्घको जिल्ला अध्यक्षमा दोस्रो कार्यकालका लागि श्रेष्ठलाई चयन गरेको हो ।
समितिको उपाध्यक्षमा उत्तमकुमार पौडेल(भद्रपुर), सचिवमा सुरेन्द्र खतिवडा (धाइजन) र कोषाध्यक्षमा राजु पाठक (कनकाई) चयन भएका छन् ।
महिला सदस्यमा इन्दिरा श्रेष्ठ (विर्तामोड) र नोमिका मेचे (धाइजन) चयन भएका छन् भने सदस्यमा नरेश महरा (धाइजन), प्रवेशकुमार श्रेष्ठ (दमक), तेजु धिमाल (दमक), रोशन दाहाल (लखनपुर), काजी गुरुङ, सञ्जय अधिकारी (मेचीनगर) र मदन राई (दमक)चयन भएका छन् ।
भेलाले प्रवेशकुमार श्रेष्ठलाई केन्द्रीय प्रतिनिधि र रोशन दाहाललाई पूर्वाञ्चल क्षेत्रीय प्रतिनिधि र झापा खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविव्रmम नेम्वाङलाई सल्लाहकार समितिको संयोजकमा चयन गरेको जिल्ला सचिव सुरेन्द्र खतिवडाले जानकारी दिएका छन् ।
भेलामा नेपाल भलिवल सङ्घका केन्द्रीय सचिव मदन खड्का र केन्द्रीय सदस्य लेखनाथ पराजुलीको उपस्थिति रहेको थियो ।
यही बैशाख २९ गते काठमाडौँमा सङ्घको राष्ट्रिय अधिवेशन र बैशाख २८ गते क्षेत्रीय अधिवेशन हुँदैछ ।