भानुको शेयर र कोष दुबैले करोड नाघ्यो

  प्रकाशित मिति
८ आश्विन २०७४, आईतवार ०९:१२


bhanu 4

धुलावारी । २०५७ सालमा २७ जनाले १ लाख ३५ हजार रुपैयाँ शेयर जम्मा गरी स्थापना गरेको भानु बहुमुखी सहकारी संस्थाले १६ औँ वार्षिक साधारणसभामा आइपुग्दा शेयर पूँजी बढाएर एक करोड २ लाख ६१ हजार ७ सय रुपैयाँ पुर्याएको छ ।

संस्थाको १६ औँ वार्षिक साधारणसभामा शनिवार सहकारीका अध्यक्ष गोपाल चुडालले प्रगति विवरण सुनाउने क्रममा उक्त जानकारी दिएका हुन् ।
सहकारीको शेयर र जगेडा कोष दुबै करोड नाघेको छ । अध्यक्ष चुडालले प्रस्तुत गरेको प्रतिबेदन अनुसार लागतरहित कोषमा २०७४ असार मसान्तसम्ममा एक करोड ६ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

संस्थाको मुनाफा समेत बढेको छ । आव २०७३÷०७४ मा १५ लाख ७० हजार रुपैयाँ मुनाफा गर्ने लक्ष्य लिएको भानु बहुमुखी सहकारीले १६ लाख ४३ हजार ३९ रुपैयाँ नाफा गर्न सफल भएको छ ।

भानु सहकारीले बचत सङ्कलनमा उल्लेखनीय प्रगति गरेको छ । गत आवमा संस्थाले १९ करोड ५० लाख रुपैयाँ निक्षेप सङ्कलनको लक्ष्य लिएकोमा त्योभन्दा २ करोड बढी अर्थात् २१ करोड २१ लाख ९९ हजार ५ सय ५ रुपैयाँ निक्षेप सङ्कलन गरेको छ ।

भानु सहकारीमा ३ हजार १ सय ७८ शेयर सदस्य रहेका छन्, जसमा महिलाको सङ्ख्या एक हजार ५ सय ६७ छ । गत आवमा ३ सय ७० जना शेयर सदस्य थपिएका छन् । संस्थाले शेयर सदस्यलाई १० प्रतिशत बोनस दिएको जनाएको छ ।

मेची उद्योग वाणिज्य सङ्घको हलमा भएको साधारणसभामा प्रमुख अतिथि जिल्ला सहकारी सङ्घका सचिव युवराज ढकाल थिए भने विशेष अतिथिहरुमा एन प्याब्सन झापाका अध्यक्ष सन्जीव राई, धुलावारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, जनप्रिय सहकारी संस्थाका सहसचिव पशुपति नेपाल, मेचीनगर सहकारीका सहसचिव सुमन गौतम, जीवनज्योति सहकारीका अध्यक्ष सन्तोष राजबंशी, पत्रकारहरु मोहन काजी, डम्बर बराल र प्रतीक न्यौपाने रहेका थिए । अतिथिहरु सबैले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

संस्थाले उत्कृष्ट कर्जा कारोवार गरेवापत आफ्ना सदस्यहरुमध्येबाट भिखारी साह, मोहम्मद नौसाद, सुरेन्द्र मेचे र दिलप्रसाद पाण्डेलाई र उत्कृष्ट बचत कारोवार गरेवापत खवारी मेचे, यशोदा राजबंशी, बालकृष्ण आचार्य, सहवती राजबंशी, विनोद साह र मधुमिता साहलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुलाई नगद र प्रमाणपत्र प्रदान गरेको थियो ।

शेयर सदस्यमध्येका ज्येष्ठ बचतकर्ताको रुपमा मेचीनगर–१० का ८५ वर्षीय भानुभक्त लुइँटेललाई नगद, प्रमाणपत्रसहित दोसल्ला प्रदान गरेर संस्थाले सम्मान गरेको छ । संस्थाका अध्यक्ष गोपाल चुडालको अध्यक्षता, सचिव लक्ष्मी राईको सञ्चालन र उपाध्यक्ष शङ्कर श्रेष्ठको स्वागत मन्तब्यमा भएको कार्यक्रममा अध्यक्षको प्रतिबेदन अध्यक्ष चुडालले र लेखा प्रतिबेदन लेखा समितिका संयोजक विश्वास भण्डारीले प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका व्यवस्थापक चन्दा सिटौला लगायत कर्मचारीहरुको उपस्थिति थियो ।
…………………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: