भानु आविको स्वर्ण स्तम्भ अनावरण

  प्रकाशित मिति
५ पुष २०७६, शनिबार १६:१८


मेचीनगर । भानु आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको छ । यस अवसरमा विद्यालयको परिसरमा निर्माण गरिएको कलात्मक स्वर्ण स्तम्भको अनावरण गरिएको छ भने इतिहास समेटिएको स्वर्ण स्मारिकाको विमोचन भएको छ ।
वि.सं. २०२५ सालमा तत्कालीन धाइजन गाउँपञ्चायतका प्रधानपञ्च नसुह प्रसाईको पहलमा स्थापना भएको यस विद्यालयमा हाल अध्ययनरत् अधिकांश विद्यार्थी मेचे समुदायका छन् ।


विद्यालयले शनिवार स्वर्ण महोत्सव समारोह सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपाल बुढाथोकीले स्वर्ण महोत्सव स्तम्भको अनावरण र स्वर्ण स्मारिकाको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रअ विष्णुकुमारी राउतले विद्यालयको ऐतिहासिक नालीबेली समेटिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने समारोहको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकुमार प्रसाईले गरेका थिए ।


विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेको सो समारोहमा दिलबहादुर इङनाम लगायत पूर्व प्रधानाध्यापक र अध्यक्षहरुलाई सम्मान गरिएको थियो । प्रअ राउतका अनुसार तत्कालीन धाइजन गाउँ पञ्चायतले २०२४ सालमा यो विद्यालय स्थापनाको निर्णय गरेको थियो भने २०२५ सालदेखि मात्र पठनपाठन सञ्चालन भएको थियो । विद्यालयमा हरिचरण बानियाँ, परशुराम तिम्सिना लगायतले अध्यापक समूहको विभिन्न समयमा नेतृत्व प्रदान गरेका थिए ।


कार्यक्रममा प्रमुख अतिथि सांसद् गोपाल बुढाथोकी, मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, वडा नं. ११ का अध्यक्ष सन्तोष मेचे, शिक्षक अभिभावक संघका अध्यक्ष देवीमाया दाहाल लगायतका अतिथिले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: