भानु जयन्तीमा स्रष्टाहरु सम्मानित हुँदै

  प्रकाशित मिति
२८ असार २०७६, शनिबार २१:३४


मेचीनगर । भानु साहित्यिक प्रतिष्ठानले आज २०६ औं भानु जयन्तीको अवसर पारेर एक कार्यक्रमविच विभिन्न स्रष्टालाई पुरस्कृत गर्दैछ ।

भाषाविद् चुडामणि रेग्मीलाई एक लाख नगदसहित भानु साहित्यिक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिए ।

यसैगरी, ५१ हजार नगदसहित धनमाया–पवित्रा स्मृति पुरस्कार जनबादी गायक जीवन शर्मालाई र त्यति नै धनराशीको टीकाराम जानुका खरेल साहित्यिक पुरस्कार स्रष्टा राम धामीलाई प्रदान गरिने भएको छ ।

नगद १५ हजार रुपैयाँसहितको भानु प्रतिभा पुरस्कार साहित्यकार खगिन्द्रा खुशीलाई प्रदान गरिने भएको छ ।

पुरस्कार वितरण गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ प्रमुख अतिथिको रुपमा आउने भएका छन् ।

भाषाको माध्यमबाट नेपाललाई एकीकरण गरेको श्रेय पाएका आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्म जयन्तीका अवसरमा भानु साहित्यिक प्रतिष्ठानले असार २७ र २८ गते समेत विविध कार्यक्रम गरेको थियो ।

काँकरभिट्टा क्याम्पस परिसरमा कवि गोष्ठी सम्पन्न भएको छ । स्वदेश एवम् विदेशका दुई दर्जनबढी स्रष्टाले सो अवसरमा आफ्ना रचना पाठ गरेका थिए ।

गोष्ठीमा साहित्यकार विनोदर खनालको नेतृत्वमा कोमलप्रसाद पोखरेल र विजय खरेल रहेको तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो ।

गोष्ठी प्रमुख अतिथि भाषाविद चुडामणि रेग्मी तथा विशिष्ट अतिथि साहित्यकार सरोज ओली थिए ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन साहित्यकार जय आचार्यले गरेका थिए ।

यसअघि मेचीनगर क्षेत्रभित्रका माध्यमिक विद्यालयस्तरीय प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ ।

असार २९ गते आज प्रभातफेरी, काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा रहेको आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको शालिक, देवकोटा पार्कमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिक तथा बलिहाङको शालिकमा माल्यार्पण गरिने भएको छ ।

कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान र हेमराज–मेदनी खरेल प्रतिष्ठानलाई भानु साहित्यिक प्रतिष्ठानमा मर्ज गरिएपछि पहिलोपल्ट भानु जयन्तीमा साहित्यिक कार्यक्रम आयोजना भइरहेको छ ।
………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: