भानु प्रवेशद्वार निर्माणार्थ सहयोगको अपील

  प्रकाशित मिति
७ माघ २०७४, आईतवार १०:५३


मेचीनगर । मेचीनगर(६ काँकरभिट्टास्थित भानुटोलमा प्रवेशद्वार निर्माण कार्य सुरु भएको छ ।
टोलको पहिचान खुलाउने उद्देश्यले स्थानीय युवाहरुको सक्रियतामा भानुटोल प्रवेशद्वारको निर्माण कार्य सुरु भएको हो ।

निर्माण कार्यका लागि टोलमा स्थानीय अगुवा युवा फडिन्द्र घिमिरेको संयोजकत्वमा समिति निर्माण भएको छ । सोही समितिको अगुवाईमा हाल प्रवेशद्वारको २० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
संयोजक घिमिरेले काँकरभिट्टा बहुमुखी क्याम्पस, काँकरभिट्टा मावि, खानेपानीको कार्यालय, स्वास्थ्य चौकी तथा टाँसी छोइलिङ गुम्बाजस्ता महत्वपूर्ण कार्यालय रहेको स्थानमा प्रवेश गर्ने मुख्य द्वारमा नै सो गेटको निर्माण सुरु भएको बताए ।

उनले प्रवेशद्वार निर्माणका लागि ६ लाख रुपैयाँ लाग्ने बताए । निर्माणका लागि स्थानीयबाटै ५१ हजार रुपैयाँ उठेको संयोजक घिमिरेको भनाइ छ ।

दाताहरुबाट उठेको सो रकमसहित हालसम्म निर्माण कार्यमा २ लाख ५७ हजार रुपैयाँ खर्च भइसकेको समितिले जनाएको छ ।

सुरुमा प्रवेशद्वार निर्माणका लागि स्थानीय राजनीतिक दल, संघ संस्थालगायतले आर्थिक सहयोगका लागि आश्वासन दिए पनि हालसम्म कतैबाट सहयोग प्राप्त नभएको समितिको गुनासो छ । समितिले प्रवेशद्वार निर्माण कार्यमा सहयोगका लागि सबैसँग अपील समेत गरेको छ । ‘काम सुरु गरियो तर आर्थिक अभावमा काम अघि बढाउन गाह्रो भइरहेको छ’, संयोजक घिमिरेले भने, ‘सबैले सहयोग गरेर निर्माण कार्य सम्पन्न गर्न सके प्रवेशद्वारले काँकरभिट्टाको सुन्दरतालाई बढाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: