भानु सहकारीमा सर्वसम्मत नेतृत्व

  प्रकाशित मिति
२ मंसिर २०७५, आईतवार १०:१९


 धुलावारी । भानु बहुमुखी सहकारी संस्थाको शनिवार सम्पन्न १७ औँ साधारणसभाले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी नयाँ कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।
पुरानो कार्य समितिले संस्थाको कुशलतापूर्वक नेतृत्व गरेका कारण आगामी कार्यकालमा उनीहरुलाई नै जिम्मेवारी दिनु पर्नेमा साधारण सभाका सहभागीहरु एकमत भएका थिए ।

संस्थाको अध्यक्षमा गोपालप्रसाद चुडाल, उपाध्यक्षमा शंकर श्रेष्ठ, सचिवमा लक्ष्मी राई र कोषाध्यक्षमा युवराज बाँस्तोला चयन भएका छन् ।

यसैगरी समितिको सदस्यमा नवीनकुमार नेपाल, शेखर गुरागाई, विष्णु कटुवाल, उर्मिला पोखरेल र खड्गनारायण राजबंशी चयन भएका छन् ।

लेखा समितिको संयोजकमा विश्वास भण्डारी र सदस्यमा नविन दाहाल र रुद्र विष्ट चयन भएका छन् ।
सञ्चालक समितिको चयनका लागि विधान बमोजिम हरिकिशोर आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।

संयोजक आचार्यले पदाधिकारीमा निर्विरोध हुने गरी उम्मेद्वारी दर्ता भएको जनाउँदै सर्वसम्मत सञ्चालक समितिको नाम घोषणा गरेका थिए ।

मेचीनगर–१० धुलावारीमा प्रधान कार्यालय रहेको भानु बहुमुखी सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभा मेची उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको हो ।
साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
संस्थामा योगदान दिए वापत सम्मानित हुनेहरुमा जेष्ठ शेयर सदस्य हरिमाया सापकोटा, पूर्णबहादुर थपलिया, उत्कृष्ट कर्मचारीतर्फ राजेश मेचे, उत्कृष्ट बचतकर्तातर्फ जयप्रसाद मैनाली, नन्दलाल शाह, आशा यादव, उत्कृष्ट ऋणीतर्फ तिलकबहादुर विक, शान्ति थापा र पदमबहादुर तामाङ रहेका थिए ।
संस्थाका अध्यक्ष गोपालप्रसाद चुडालको सभापतित्व तथा जिल्ला सहकारी सङ्घ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर–१० का वडा अध्यक्ष सुदय पनेरु, राप्रपा नेपालका नगर अध्यक्ष सुशिल आचार्य, जिल्ला सहकारी सङ्घका जिल्ला सदस्य हरिकिशोर आचार्य लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष चुडालले समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीकी व्यवस्थापक चन्दा चुडालले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी राईले गरेकी थिइन् । निर्वाचन प्रक्रियाको सञ्चालन भने सदस्य कुसुम कोइरालाले गरेकी थिइन् ।
…………..

वित्तीय प्रगति सन्तोषजनक
मेचीनगर । भानु बहुमुखी सहकारी संस्थाले गत आव २०७४÷०७५ मा शेयर पूँजी लक्ष्यको तुलनामा बढाउन सफलता पाएको छ ।

साधारण सभामा अध्यक्ष गोपाल चुडालले प्रस्तुत गरेको प्रतिवेदनका अनुसार सो आवमा २५ लाख रुपैयाँ शेयर पुर्याउने लक्ष्य राखिएको थियो ।

तर सो अवधिमा शेयर पूँजी वृद्धि भएर ३० लाख ३४ हजार १ सय रुपैयाँ पुगेको छ ।

सहकारीमा शेयर पूँजीको वढोत्तरीलाई संस्थाको वित्तीय प्रगतिको सूचकको रुपमा लिइने गरिन्छ ।
संस्थाले सो अवधिमा ४ सय ७८ जना शेयर सदस्य बढाएको छ । जवकि ४ सय मात्र शेयर सदस्य बढाउने उसको लक्ष्य थियो ।

निक्षेप सङ्कलन, निक्षेप फिर्ता र कर्जा लगानी एवम् असुलीमा संस्थाले सन्तोषजनक नै प्रगति गरेको छ ।
मुनाफामा समेत संस्थाले केही वृद्धि गरेको छ । १७ लाख २० हजार रुपैयाँ मुनाफा गर्ने लक्ष्य लिएको संस्थाले १९ लाख ९८ हजार ३ सय ७९ रुपैया मुनाफा कमाएको देखिन्छ ।

सहकारीले आगामी वर्ष आफ्नै कार्यालय भवनको निर्माण सुरु गर्ने लक्ष्य लिएको छ ।
नवनिर्वाचित अध्यक्ष गोपाल चुडालले आगामी दुई वर्षभित्रमा आफ्नै भवन बनाइसकेर कार्य सञचालन गराउने वाचा साधारणसभामा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: