मेचीनगर, २१ चैत । भानु बहुउद्देश्यीय सहकारी संस्थाले मेचीनगर नगरपालिकाले स्थापना गरेको आकस्मिक राहत कोषमा रु. ५० हजार सहयोग गरेको छ ।
सहकारीका अध्यक्ष गोपाल चुँडालले नगरपालिकामै गएर नगरप्रमुख विमल आचार्यलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
नगरका गरीब तथा विपन्न समुदायलाई राहत वितरणका लागि नगरले रु. ५० लाखको कोष स्थापना गरेको छ ।
सो कोष बृद्धि गरी तत्काल विपन्न परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सहकारीले सहयोग गरेको अध्यक्ष चुँडालले बताए ।
यस अघि कोषमा मेचीनगर साकोस, सिम्रिक र कर्णाली साकोसलगायतले पनि रु. ५० का दरले सहयोग गरेका छन् ।