विर्तामोड । नेकपा एमालेका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले छिमेकीको अनावश्यक अर्ति उपदेश नमान्ने बताएका छन् ।
भारत र चीन दुबै मुलुक नेपालका असल र समान छिमेकी भएको उल्लेख गर्दै नेता नेम्वाङले संविधानका विषयमा भारतले गरिरहेको हस्तक्षेप कुनै हालतमा स्वीकार्य नभएको धारणा व्यक्त गरेका छन् ।
नेकपा एमाले झापाद्वारा मङ्गलवार विर्तामोडमा आयोजित भेटघाट कार्यव्रmममा उनले भारतमा संविधानसभाको ६५ प्रतिशतले संविधान पारित गरेको इतिहासको सम्झना गराउँदै नेपालमा संविधानसभाको ९० प्रतिशतले पारित गरेको बताए ।
कहिले भनेको नमानेको भन्दै नाकाबन्दी गर्ने र कहिले अर्कै विदेशी मुलुकसँग मिलेर संशोधन अपूर्ण भयो भन्ने अर्गेल्याई गर्ने भारतीय गतिविधि भत्र्सनायोग्य भएको उल्लेख गर्दै उनले नेपालको संविधानले कहिँ पनि कुनै समुदायलाई विभेद नगरेको बताए ।
कार्यव्रmममा सांसद रविन कोइराला, जीवन घिमिरे, प्रेमबहादुर गिरी, पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठक, चन्द्रा श्रेष्ठ, सोम पोर्तेल लगायतको उपस्थिति रहेको थियो ।