भारतको उत्तरप्रदेशमा जलाएर पत्रकारको हत्या

  प्रकाशित मिति
१३ मंसिर २०७७, शनिबार २१:१९


झापा, १३ मंसिर । भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लामा अज्ञात समूहले एक पत्रकारलाई जलाएर हत्या गरेका छन् ।

स्थानीय एक दैनिक पत्रिकामा कार्यरत राकेश सिंहको शुक्रवार राति हत्या भएको हो ।

रातमा सुतिरहेका बेला १० १२ जनाको समूहमा आएका व्यक्तिले पत्रकारको घरमा विष्फोट गराएको र त्यसपछि लागेको आगोमा जलेर घाइते भएको अवस्थामा सिंहलाई उनका एक साथीसहित अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा पत्रकार सिंहको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

राकेश सिंह

सिंहकी पत्नी विभा सिंहले आफ्ना पतिको सुनियोजित हत्या भएको बताएकी छन् । केही दिनदेखि धम्की आइरहेको र त्यसबारे प्रहरीलाई जानकारी भएको उनको भनाई छ ।

घटना भएका बेला घरमा पत्रकार सिंह र उनका साथी मात्र थिए । पत्नी विभा सिंह बच्चाहरुका साथ आफन्तको घरमा पाहुना गएकी थिइन् ।

प्रहरीले घटनालाई अर्कै मोड दिन खोजेको भन्दै आफन्तजनले आपत्ति जनाएका छन् । प्रहरीले ३ जना सन्दिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

(स्रोत : बीबीसी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: