भारतको रथखोला अन्तिम चारमा

  प्रकाशित मिति
१० आश्विन २०७९, सोमबार १९:१६


अर्जुनधारा, १० असोज । अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा भारतको रथखोला एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–२ गोल अन्तरले पराजित गर्दै रथखोलाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

अर्जुनधारा नगरपालिका–४ र ७ मा रहेको नव युवा क्लबको आयोजनामा स्थानीय अर्जुनधारा खेलमैदानमा आयोजित प्रतियोगितामा काँकरभिट्टाले लिएको अग्रतालाई उल्टाउँदै रथ खोलाले उत्कृष्ट कम ब्याक गर्यो । १–० गोललेपछि पारेको अवस्थालाई उल्टाउँदै रथ खोलाले ३–२ गोलको अन्तरले काँकरभिट्टालाई पराजित गरेको हो ।

खेलको १०औँ मिनेटमा काँकरभिट्टाका लागि पर्शु राईले गोल गरेर अग्रता दिलाएका थिए । तर, अग्रतालाई जोगाउन नसक्दा काँकरभिट्टाले हार स्वीकार गर्न बाध्य भयो । रथ खोलाका अंकित मिञ्जले खेलको २३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

यस्तै उनैले ३५औँ मिनेटमा थप गोल गरेर टिमलाई उत्कृष्ट कम ब्याक गराएका हुन् । रथ खोलाकै कार्तिक कोजुरले खेलको ४९औँ मिनेटमा गोल गरेर ३–१ गोलको अन्तर दिलाए ।

काँकरभिट्टाले ५१औँ मिनेटमा गोल गरेर खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन । काँकरभिट्टाका लागि मिलन गुरुङले गोल गरेका थिए । काँकरभिट्टा पहिलो खेलबाटै बाहिरिएको छ ।

रथ खोलाका कोजुर खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई अर्जुनधारा–७ का वडाध्यक्ष गोविन्द खतिवडाले नगद १५ सय प्रदान गरे । खेलकुद क्षेत्रको प्रवद्र्धन एवम् विजया दशमीको अवसरमा गोल्डकप आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष देवेन्द्र मैनालीले जानकारी दिए ।

मंगलबारको खेल सैनिक एफसी बिर्तामोड र दमक एफसीबीच हुने सञ्चार संयोजक कमल पोखरेलले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद एक लाख १ हजार १ र ५१ हजार एक रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: