भारतबाट आएका ३० जना नेपालीको आरडीटी टेष्ट (फोटो फिचर)

  प्रकाशित मिति
२५ जेष्ठ २०७७, आईतवार १५:३२


।। अर्जुन कार्की ।।

मेचीनगर । नेपाली सेना लगायतको संयुक्त टोलीले भारतबाट आउने नेपाली नागरिकहरुको कोरोना जाँच गर्ने काम आइतबारदेखि शुरु गरेको छ ।

मेचीनगर–६ स्थित काँकरभिट्टा माविको मैदानमा नेपाली सेना, स्वास्थ्यकर्मी लगायतको टोलीले उनीहरुको आरडीटी टेष्ट शुरु गरेको हो ।

भारतबाट अहिले मेचीपुलमा आएका ३० जना नेपाली नागरिकहरुको आरडीटी टेष्ट भइरहेको नेपाली नागरिक स्वदेश आगमन सहजिकरण समितिका संयोजक जनक कोइरालाले बताए ।

मेचीपुलमा आउने क्रम जारी रहेको छ, उनीहरुको क्रमैसँग आरडीटी टेष्ट गरिने कोइरालाले जानकारी दिए ।

‘आरडीटी पोजेटिभ भेटिए आइसोलेसन वर्डामा पुर्याउछौँ’, संयोजक कोइरालाले भने–‘नेगेटिभ रिपोर्ट आए बाहिरकालाई सम्बन्धीत जिल्ला र झापाकालाई सम्बन्धीत पालिकाको क्वारेन्टाइन पठाइने छ ।’

चारआली स्थित नयाँ श्रीनाथ गणका सेना, नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी, ईलाका प्रहरी र शसस्त्र प्रहरी कार्यालय काँकरभिट्टाका सुरक्षाकर्मी लगायतको टोली खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: