भारतबाट आएका झापाका ६ जनामा आरडीटी पोजेटिभ

  प्रकाशित मिति
२५ जेष्ठ २०७७, आईतवार १८:४२


।। अर्जुन कार्की ।।

मेचीनगर । भारतबाट आएका ४७ जना नेपाली नागरिक मध्ये झापाका ६ जनामा आरडीटी पोजेभिट भेटिएको छ ।

नेपाली सेना लगायतको संयुक्त टोलीले आइतबार भारतबाट आएका नेपाली नागरिकहरुको कोरोना जाँच गर्ने क्रममा आरडीटी पोजेभिट भेटिएको हो ।

नेपाली नागरिक स्वदेश आगमन सहजिकरण समितिका संयोजक जनक कोइरालाले भारतबाट आएका ४७ जना नेपाली नागरिकहरुको आरडीटी टेष्ट गर्ने क्रममा झापाका ६ जनाको आरडीटी पोजेभिट भेटिएको बताए ।

झापाका ६ जना मध्ये ५ जना पुरुष छन् । उनीहरुको पीसीआर समेत टेष्ट गरिएको संयोजक कोइरालाले बताए ।

आरडीटी पोजेभिट भेटिएका ६ जनालाई मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसनमा राख्ने गरी पठाइएको छ । उनीहरु सबै जना झापाका हुन् ।

काँकरभिट्टा माविको मैदानमा नेपाली सेना, स्वास्थ्यकर्मी लगायतको संयुक्त टोलीले आजदेखि भारतबाट आउने नेपाली नागरिकहरुको आरडीटी टेष्ट शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: