भारतबाट ६ नेपाली वालकको उद्धार

  प्रकाशित मिति
१० चैत्र २०७३, बिहीबार १०:३६


 

20170323_094156काँकडभिट्टा १० चैत । भारतको सिलगढी र दार्जीलिङमा वेवारिसे अवस्थामा रहेका ६ जना नेपाली वालकलाई उद्धार गरेर नेपाल ल्याएको छ ।

महिला वालवालिका कार्यालय झापाको नेतृत्वमा ती वालकहरुलाई हिजो साँझ भारतबाट उद्धार गरी नेपाल ल्याइएको कार्यालयकी प्रमुख इन्दिरा ओझाले जानकारी दिनु भएको छ ।

उद्धार गरिएकाहरुमा इलाम साङ्रुम्बाका रोशन विक, जनकपुरका सागिर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भद्रपुरका विवेक साह, इलाम जीतपुरका रोशन विक, नेपालको पहाड घर बताउने सुदिप राई र ठेगाना बताउन नसक्ने भुवन मगर रहेका छन् । उद्धार गरिएका उनीहरु ११ देखि १५ वर्षसम्म उमेरका छन् ।

ती बालकहरुमध्ये भद्रपुरका विवेक साहका आमा र बुवा दुबैजना कारागारमा बन्दी रहेको बताइएको छ ।भारतको सिलगढी र न्यू जलपाइगढी लगायतका स्थानमा रेल्वे र होटलमा सरसफाई गर्ने काम गर्दै आएका उनीहरुलाई भारतीय प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएर सिलगढीको कोरक नामक सरकारी वालगृहमा राख्दै आएको थियो ।

भारतबाट ल्याइएपछि उनीहरुलाई काँकडभिट्टास्थित माइती नेपालको पुनस्र्थापना गृहमा संरक्षण गरेर राखिएको छ । भारतबाट नेपाल ल्याउनका लागि साना हात नामक संस्थाले सहयोग पुर्याएको र महिला वालवालिका कार्यालय झापाबाट वाल संरक्षण अधिकृत रेखनाथ दाहालको नेतृत्वमा साना हातका प्रतिनिधिहरु सिलगढी गएका थिए ।

ठेगाना पत्ता लागेकाहरुलाई सम्बन्धित घरमा पुर्याइदिने र पत्ता लाग्न नसकेकाहरुलाई वाल गृहमा राखिने जिल्ला वाल कल्याण अधिकारी इन्दिरा ओझाले बताइन् ।

पछिल्लो समयमा भारतीय उद्धार संस्थाहरुले नेपालका वालवालिकाहरुलाई फेला पारेर काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा ल्याइदिने क्रम बढेको र प्रहरीले प्रक्रिया पुर्याएर परिवारमा पुनर्मिलन गराइदिने गरेको प्रहरी नायव उपरीक्षक दुर्गा रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: