भारतमा पनि फेला पर्यो कोभिड–१९को नयाँ प्रजाति

  प्रकाशित मिति
१४ पुष २०७७, मंगलवार १५:२८


झापा, १४ पुस । बेलायतबाट भारत आएका नागरिकहरुमा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ ।

बेलायतबाट भारत फर्किएका ६ जनामा उक्त भाइरस देखा परेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार उक्त नयाँ भाइरसका संक्रमितहरू बेङ्गलोर, हैदराबाद र पुनेमा देखिएका हुन् । संक्रमित सबैलाई आइसोलेसनमा निगरानीमा राखिएको र सम्पर्कमा आएकोहरूको कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको छ ।

पछिल्लो महिनामा मात्रै बेलायतबाट ३३ हजार यात्रु भारत फर्किएको र तीमध्ये ११४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । तर तीमध्ये ६ जनामा मात्र नयाँ प्रकारको कोरोना देखिएको छ । यसरी संक्रमित हुनेहरू बढ्न सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: