भारतले दार्जिलिङ फिर्ता दिनुपर्छ ः पूर्वमन्त्री शर्मा

  प्रकाशित मिति
४ असार २०७७, बिहीबार १३:०८


मेचीनगर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री दीनानाथ शर्माले भारतले सगौरव नेपाललाई दार्जिलिङ फिर्ता दिनुपर्ने बताएका छन् ।

बिहीबार लिम्पियाधुरासहितको नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक पारित गर्न बसेको राष्ट्रिय सभा बैठकमा शर्माले अंग्रेजले हडपेको नेपालको दार्जिलिङलगायत जमिन तपाईंहरूको नासो हो भन्दै भारतले सगौरव फिर्ता गर्नुपर्ने बताए ।

‘यदि भारतले नेपाललाई असल मित्र ठान्छ भने अंग्रेजले लुटेको जमिन भारतबाट अंग्रेज भागिसकेपछि फिर्ता गर्नुपर्छ,’ शर्माले भने, ‘भारतले सगौरव हामीलाई दार्जिलिङ फिर्ता गरिदिनुपर्छ । अंग्रेजले लुटेको यो तपाईंहरूको नासो हो भनेर काँगडासम्मको जमिन फिर्ता गर्नुपर्छ ।’

अंग्रेजले लुटेको जमिन अंग्रेज भारतबाट भागिसकेपछि भारतले नेपाललाई फिर्ता लिनुस् भन्नुपर्ने उनको तर्क छ । ‘तर हामीले ती भूमि माग गरेका छैनौं,’ शर्माले भने ।

नेपालले मित्र ठानेर भारतलाई कालापानीलगायत ठाउँमा पहिले चेकपोस्ट राख्न दिएको उनले बताए ।

‘नेपालले उत्तरी सीमामा चेकपोस्ट राख्न अनुमति दियो । अप्ठेरो परेको बेला बास बस्न दियो तर बास बस्न आउनेले यो बारी, घर सुन्दर रहेछ भनेर छोड्दिनँ भन्न मिल्छ?,’ उनले प्रश्न गरे ।

शर्माले राष्ट्रियताका पक्षमा सबै एकढिक्का भएर जमिन फिर्ता लिनुपर्ने बताए । भारतले छिटो कालापानीलगायत क्षेत्रमा राखेको सेना फिर्ता गर्नुपर्ने उनले बताए ।

‘नेपालको भूमिमा भारतीय सेना बसेको छ त्यो फिर्ता हुनुपर्छ,’ उनले भने, ‘कुनै पनि साम्राज्यवादी बुटले हाम्रो भूमि अपवित्र बनाउन सक्दैन । भारतीय मित्रले नेपालीको सम्मान गर्नुपर्छ ।

भारतीय सेना जान्छन् भन्ने प्रतीक्षा थियो । तर नक्सामा नेपालको भूमि पा¥यो। आफ्नो भूमि दाबी ग¥यो त्यो दुस्खको विषय हो।’

भारतीय जनताले लिम्पियाधुरा, कालापानी लिपुलेक आफ्नो दाबी नगरे पनि शासक र सेनाले कब्जा गरिरहेको उनले बताए ।

‘भारतीय मित्रले भुल गर्न सक्छन् । भारतीय नेताले नक्सामा पारेको हाम्रो भूमि फिर्ता गर्नुपर्छ,’ उनले भने, ‘नेपाली र भारतीय जनताको मित्रता युगौंदेखिको हो । हामी मित्रता बिग्रार्न चाहन्नौं ।’ उनले संवादबाटै सीमा समस्या हल गर्नुपर्ने बताए ।

प्रतिनिधि सभाबाट पारित भइसकेको संविधान संशोधन विधेयक विहीबार राष्ट्रिय सभाबाट पारित हुनेछ । दुबै सदनबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि संविधानको अंग बन्नेछ ।

(सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: