भारतीय नागरिकको चक्कु प्रहारले बालक घाइते

  प्रकाशित मिति
९ श्रावण २०७५, बुधबार २१:४१



भद्रपुर । भारतीय एक युवकद्वारा झापाको गौरीगञ्जमा चक्कु देखाएर बन्धक बनाइएका १० वर्षीय सुमीलाल ताजपुरियालाई बुधबार साँझ प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राजु निरौलाका अनुसार भारतीय नागरिक २५ बर्षीय ओमप्रकाश सिंहले बुधबार साँझ ६ बजेतिर गौरीगञ्ज गाउँपालिका वडा नं. ३ का सुमीलाल ताजपुरियालाई चक्कु देखाएर नियन्त्रणमा लिएका थिए ।

अभियुक्त सिंहले नेपाली वस्तीमा प्रवेश गरेर निज वालकलाई उनकै घरको कोठामा करीव एक घण्टा बन्धक बनाएको प्रहरीको भनाई छ ।

बन्धक बनाएको खबर पाएर आएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कोठाको ढोका फोडी बालकको उद्धार गरेको थियो ।

प्रहरीले उद्धारका लागि ढोका फोडेर प्रवेश गर्दा अभियुक्त सिंहले बालकलाई घाँटीमा छुरा प्रहार गरी घाइते बनाएको प्रसनि निरौलाले बताए ।

उद्धारपछि घाइते बालकको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । उनको घाँटीमा सात टाँका गरिएको प्रहरीले जनाएको छ ।

अभियुक्त सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्धक बनाउनुको कारण र समग्र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: