भारतीयद्वारा सशस्त्र सीमा पोष्टमा आक्रमण, चार राउण्ड हवाइ फायर

  प्रकाशित मिति
४ श्रावण २०७७, आईतवार १९:५५


गौरीगञ्ज, ४ साउन । गौरीगञ्जमा गएराति हातहतियारसहित आएका भारतीयको एक जत्थाले सीमाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन् ।

राति ९ वजे हातहतियारसहित आएको ५० जनाको जत्थाले गौरीगञ्ज–५ स्थित डाँगीटोलाको सीमाक्षेत्रमा रहेको पोष्टमा आक्रमण गर्दा सशस्त्र प्रहरीका दुई जना घाइते भएका हुन् ।

प्रहरीमाथि घरेलु आक्रमण गरेपछि भारतीयलाई सशस्त्र प्रहरीले चार राउण्ड हवाइ फायर गरेर तितरवितर पारेको थियो ।

डाँगीटोलास्थित पिलर नं.१५२ को करिब ३ सय मिटर पूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोष्टमा उक्त आक्रमण भएको थियो ।

भाला, खुकुरी, रड, दाउ लगायतको घरेलु हातहतियारसहित आएका भारतीयहरूले त्यहाँ स्थापना गरिएको सशस्त्रको अस्थायी पोस्टमाथि आक्रमण गरेपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले ४ राउण्ड हवाई फायर गरेको सीमा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरीक्षक साईमन श्रेष्ठले बताए ।

झडपका क्रममा दुइ जना सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् । शरीरमा चोटपटक र नीलडाम समेत रहेको बताइएको छ ।

हवाइ फायरपछि तितरवितर भएका भारतीयहरु भारततर्फनै भागेको प्रहरीले जनाएको छ ।

भारतीय तस्करहरूले नेपालतर्फ मालसमान लान नपाएको झोकमा प्रहरीमाथि आक्रमण गरेको बताइएको छ ।

लामो समयसम्म लडडाउनका कारण सिमाक्षेत्रमा सशस्त्र प्रहरीले कडारुपमा गस्ती गरेपछि उनीहरूले मालसमान नेपालतर्फ ल्याउन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: