भारतीय खेलाडी शीर्ष स्थानमा

  प्रकाशित मिति
२३ फाल्गुन २०७६, शुक्रबार २०:१९


मेचीनगर । मेचीनगरको काँकरभिट्टामा जारी पिवी थापा केसीसी अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो दिन दोस्रो वरियताका २०९५ रेटेड भारतीय खेलाडी हरिस शर्माले शुक्रवार सम्पन्न भएको छैटौं र सातौं चरणको खेलमा सफलता हात पार्दै पूर्ण ७ अङ्कसहित एकल अग्रता लिएका छन् ।

उनले छैटौं चरणको खेलमा मकवानपुरका कृष्ण थापामाथि कठिन जीत निकालेका हुन् । निकै आक्रमक देखिएका हरिसले सेतो गोटी लिएर खेलको नवौंं चालमा घोडा बलिदान दिएर ४२ औं चालमा खेल आफ्नो पक्षमा पारे भने सातौं चरणमा भारतका सम्राट गोयलमाथि रोमाञ्चक जीत हात पारेका छन् ।

नेपालका सुमित पन्त र कृष्ण थापाले ६ अङ्क हात पारी हरिसलाई पछ्याइरहेका छन् । उत्कृष्ट लयमा देखिएका सुमितले दुवै खेलमा सफलता हात पार्ने क्रममा भारतका विकास निशादलाई छैटौं चरणको खेलमा ३६ औं चालमा हराउन सफल भए भने सातौं चरणमा आक्रमक रुपमा प्रस्तुत हुँदै विपक्षी खेलाडी भारतकै सरकार नन्दनलाई २७ औं चालमा खेल त्याग्न बाध्य बनाए ।

शुक्रवार मिश्रित खेल प्रदर्शन गरेका एसियन एमेच्योर विजेता खेलाडी कृष्णले सातौं चरणको खेलमा उदयमान खेलाडी युवराज पौडेललाई पराजित गरे । ६ अङ्क प्राप्त गर्ने अन्य खेलाडीहरुमा भारतका राकेश गुरुङ, रिसभ निसाद रहेका छन् ।

छैटौं चरणको खेलमा राकेशले विकास मैनाली र सातौं चरणको खेलमा राघव श्रीवास्तवलाई निरास बनाए । त्यस्तै, दुवै खेलमा सफलता हात पारेका रिसभले छैटौं र सातौं चरणको खेलमा उमेश साह र क्रिस केडियामाथि बाजी मारे ।

नाइट चेस क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा भारतका सम्राट गोयल, कुमार गौरभले ५.५ अङ्क जोडेका छन् भने झापाका प्रकाश नेपाल, युवराज पौडेल, भोजपुरका सुमन राई, प्रकाश तामाङ, सुमन श्रेष्ठ, भारतका सरकार नन्दन र राघव श्रीवास्तवले ५ अङ्क हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: