भारतीय टेलिभिजनको हर्कत : टीआरपी बढाउन पैसा बाँडेको खुलासा

  प्रकाशित मिति
२२ आश्विन २०७७, बिहीबार १७:३६


झापा, २२ असोज । भारतीय मिडियााथि फेक न्यूज र करप्सनमा चुर्लुम्मै डुबेको आरोप लागिरहेको बेला टीआरपी बढाउन पैसा बाड्ने गरेको कर्तुत बाहिर आएको छ ।
मुम्बई प्रहरीले टेलिभिजन रेटिङ प्वाइन्ट्स (टीआरपी) बढाउन अनैतिक रुपमा पैसा बाड्ने गरेको खुलासा गरेको हो ।

मुम्बई प्रहरीका कमिस्नर परमवीर सिंहले विहीवार पत्रकार सम्मेलन गरी दुई मराठी टीभीका मालिकलाई पक्राउ गरी कार्वाही सुरु गरिएको जानकारी दिए ।

यो अपराधमा भारतको प्रख्यात टेलिभिजन रिपब्लिकन टीभी समेत संलग्न भएको प्रहरीको आरोप छ ।

ती टेलिभिजनहरुले आफ्नो च्यानल हेरिदिनका लागि भन्दै घरघरै गएर चार सयदेखि पाँच सय रुपैयाँ हरेक महिना दिने गरेको प्रमाण प्रहरीले फेला पारेको छ ।

आफ्नो च्यानल लोकप्रिय छ भनी देखाउन यस्तो अनैतिक कार्य गर्ने अरु टेलिभिजनको समेत अनुसन्धान भइरहको भारतीय मिडियाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: