भारतीय नम्बर प्लेटका गाडीलाई काँकडभिट्टामा पार्किङ निषेध

  प्रकाशित मिति
६ पुष २०७६, आईतवार १७:४३



भद्रपुर । पूर्वी नाका काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीहरुलाई पार्किङ गर्न निषेध गरिएको छ ।  अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुहरुलाई सास्ती हुने गरेको, फोहोर मैला बढेको कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले बताए ।

मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र राजस्व गस्ती टोली काँकडभिट्टाको संयुक्त पहलमा आज मात्र पार्किङ गरेर राखिएका ५० वटा गाडीलाई हटाइएको छ । भन्सारको चेक प्वाइन्ट अगाडि नै भारतीय गाडीहरु पार्किङ हुँदै आएका थिए ।

यस अघि सुविधा तिरेर बस्दै आएका भारतीय नम्बर प्लेटका गाडीहरुले यात्रु झार्ने वित्तिकै नाकाबाटै फर्किनु पर्ने र अटेर गरेमा कारवाही गरिने उनको भनाई छ । पर्यटन बर्ष नजिकिरहेको अवस्थामा नाकामा सवारी साधानको पार्किङलाई व्यवस्थित गर्न र अनाधिकृत रुपमा नेपाल भित्रिने भारतीय गाडीलाई रोक्न यो अभियानको सुरुवात गरेको मेची भन्सार कार्यालयका प्रमुख धुव्रराज विश्वकर्माले बताए ।

उनका अनुसार ती सवारी साधानले भन्सारमा राजस्व तिरेर वा सुविधा लिएर दिनभर नेपाली भूभागतिर घुमे पनि साँझ भारत नै फर्कनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: