भारतीय पत्रकार दुर्लभलाई एक वर्ष कैद

  प्रकाशित मिति
१६ असार २०७९, बिहीबार २१:५९


मेचीनगर, १६ असार । जिल्ला अदालत झापाले भारतीय फोटो पत्रकार दुर्लभरोय चौधरीलाई एक वर्ष कैद र पन्ध्र हजार जरिवाना हुने फैसला सुनाएको छ ।
जिल्ला अदालत झापाका न्यायाधीश गिरिराज गौतमको इजलासले चौधरीलाई १ वर्ष कैद र १५ हजार जरिवाना हुने सजाय सुनाएको हो ।

८ महिनादेखि जिल्ला कारागार झापामा बन्दी जीवन बिताइरहेका फोटोग्राफर चौधरीलाई झापा जिल्ला अदालतले खोटा मुद्रा बोकेर हिडेको कसुरमा सजाय तोकेको हो ।

टाइम्स अफ इन्डिया, वाल स्ट्रिट फोटोबुक, नेशनल जिओग्राफी लगायतका मिडियाहरुमा फोटोग्राफरका रुपमा काम गर्दै आएका चौधरी २०७८ मंसिर २ गते भद्रपुर विमानस्थलबाट नक्कली अमेरिकी डलरसहित पक्राउ परेका थिए । नेपालमा डकुमेन्ट्री बनाउने प्रयोजनका लागि भारतबाटै अमेरिकी डलरको फोटोकपी बोकेर आउँदा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

पत्रकार चौधरीले प्रहरीलाई उक्त डलरको फोटोकपी देखाई डकुमेन्ट्रीमा उडाउने प्रयोजन रहेको खुलाएका थिए । तर प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

दुर्लभरोयले डकुमेन्ट्रीका लागि क्यामेरा, तीन वटा लेन्स र स्क्रिप्टसहित बोकेर आएको भए पनि प्रहरीले बरामद मुचुल्कामा क्यामेरा, लेन्स लगायतको सामान समावेश गरेको थिएन ।

इन्टरनेटबाट डाउनलोड गरिएको एकै नम्बरको डलरको फोटोकपी लिएर डकुमेन्ट्रीमा उडाउने प्रयोजनका लागि ल्याए पनि अनुमति नलिई ल्याएको कारण उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: