भारतीय भूमिबाटै आइपुगिन् विस्मिता

  प्रकाशित मिति
७ आश्विन २०७४, शनिबार १८:३६


4  मेचीनगर । कुवेतमा घरेलु हिंसाबाट पीडित बनेकी मेचीनगर–९ की २४ बर्षीया बिस्मिता दर्जीको उद्धार गरी शनिवार नेपाल फर्काइएको छ ।

विस्मितालाई भारतीय बाटो प्रयोग गरी कुवेत पुर्याउने मेचीनगर–९ की मिना कामीले नै उनको उद्धार गरी घर फर्काएकी हुन् ।

3

बिस्मिताका पति नरेन्द्र दास, बुबा राजकुमार दर्जीले उनी कुवेतमा बन्दक बनाइएको र उद्धारमा पहल गरिदिन पत्रकारहरुसँग अपील गरेका थिए । उनीहरुको अपील र विस्मितासँगको कुराकानीको आधारमा विभिन्न सञ्चारमाध्यमले उनी कुवेतमा बन्दक बनाइएको समाचार प्रकाशन प्रसारण गरेका थिए ।

सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि राष्ट्रिय मानव अधिकार आयोगलगायत विभिन्न संघसंस्थाको घटनाप्रति ध्यानाकर्षण भएको थियो ।

पीडित परिवारले मेचीनगर नगरपालिकामा दिएको निवेदनको आधारमा उपप्रमुख मिना उप्रेतीको रोहबरमा भदौ २५ गते छलफल गरी विस्मितालाई १५ दिनभित्र नेपाल फर्काउने मिना कामीले प्रतिवद्धता जाहेर गरेकी थिइन् ।

2

सोही अनुरुप नै उनलाई नेपाल फर्काइएको जनाएको छ । शनिवार ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा मिना कामीले नगरका प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, वडा नम्बर–९ का अध्यक्ष गोपाल खड्का, नेपाली कांग्रेसका महिला नेतृहरु जानुका ओली, झुना बानियाँ, सीता गुरुङलगायतको उपस्थितिमा बिस्मितालाई उनका पति नगेन्द्र दासको जिम्मा लगाएकी छिन् ।
नेपाल सरकारले महिला कामदार भारतीय बाटोबाट पठाउन प्रतिबन्धित गरेको भए पनि विस्मितालाई मिनाले सोही बाटो प्रयोग गरी ९ महिना अघि कुवेत पु¥याईएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: