मेचीनगर, ३० असार । काँकडभिट्टाबाट बुधबार ८ लाख ६० हजाररुपैयाँ भारतीय रकमसहित एक व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गोरखा जिल्ला नामजुङ गाविस ६ बस्ने ४२ बर्षीय कुँवेर लामिछाने रहेको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका लामिछानेलाई गस्तीमा खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा बुधबार रकमसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रेम भण्डारीले बताए ।
उपरीक्षक भण्डारीले भन्सार चेकपोस्टमा बरामद गरिएको रकमसहित लामिछानेलाई आवश्यक कारवाहीका लागि सम्पति शुद्धिकरण विभाग हरिहरभवन पुल्चोकमा पठाइएको बताए ।