भावुक देखिए समर्थक

  प्रकाशित मिति
२८ असार २०७४, बुधबार ११:४३


uml 27 95मेचीनगर । नेकपा एमालेले मेचीनगरमा मङ्गलवार विजय र्याली गरेको छ ।

दुई दिन चल्ने र्याली काँकरभिट्टास्थित बाहुनडाँगीरोडबाट सुरु भएको थियो । बाहुनडाँगी पुरै छिचोलेर र्याली काँकरभिट्टाकै भानुटोलमा पुगेर स्थगन भएको थियो ।
बुधवार पनि चल्ने र्याली मागुरमाडीको हरि आधारभूत विद्यालयबाट सुरु हुने र ज्यामिरगढीको विचार्नी बजारमा पुगेर समापन हुने बताइएको छ ।
केही दिन अघि नेपाली काङ्ग्रेसले आयोजना गरेको बिजय र्यालीको तुलनामा आकार र तामझाममा साधारण एमालेको र्यालीको नेतृत्व गरेका थिए–मेयरको चुनावमा उपबिजेता बनेका एमाले नेता विष्णु प्रसाइँले ।

र्यालीको मुख्य आकर्षण थिइन् नवनिर्वाचित उपमेयर मीना पोखरेल । पोखरेल र वडाध्यक्ष एवम् वडा सदस्यहरु एउटा गाडीमा सवार थिए । उनीहरुले चोक र बाटामा स्वागतार्थ uml 27 91उभिएका समर्थक र शुभेच्छुकबाट अबिर र फुलको गुच्छा ग्रहण गरेका थिए भने मतदातालाई आभार व्यक्त गरेका थिए ।

र्याली नकलबन्दा चोक, बाहुनडाँगी चोक, गाडागल्ली, बौद्धमोड, भृकुटी, बडाखाल, दोकानडाँडा, धिमालगाउँ इटाभट्टा हुँदै काँकरभिट्टाको भानु टोलमा पुगेको थियो ।

एमालेको र्यालीमा पार्टीका चुनावी गीत घन्काइएका थिए भने चोकहरुमा उपमेयर र वडाध्यक्षहरु गाडीबाट ओर्लिएर समर्थकसँग खुशीयाली साटासाट गरेका थिए ।
मेचीनगरको चुनावमा मेयर पदमा पराजय व्यहोरेको पीडा र असन्तुष्टी एमालेको र्याली अवसरमा पनि देख्न सकिन्थ्यो ।

महिलालाई उपमेयरको पदमा देख्न पाउँदा एकातिर समर्थकहरु प्रसन्न हुँदै खुशी uml 27 1आदानप्रदान गरेको देख्न सकिन्थ्यो भने अर्कातिर मेयरमा पराजित नेता विष्णु प्रसाइँलाई देखेर समर्थक भावुक बनेका थिए ।

समर्थकहरुले विजयी उपमेयर पोखरेल र पराजित मेयरका उम्मेद्वार प्रसार्इँ दुबैलाई अबिरमाला लगाएका थिए । समर्थकहरुले प्रसाइँप्रति सहानुभूति प्रकट गर्दै ‘अन्तरघातको कारण चुनाव हारेको’ दुःखेसो पोखेका थिए ।

मेचीनगरमा एमालेले मेयर पद गुमाए पनि उपमेयर र ७ वडाध्यक्षसहित ४८ सिट जितेको छ । विजय र्याली बुधवार धाइजन, दुहागढी र ज्यामिरगढी क्षेत्रमा आयोजना हुने बताइएको छ ।

uml 27 9 uml 27 4(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: