भाषा एउटै, प्रयोगमा किन अनेकता ?

  प्रकाशित मिति
२९ फाल्गुन २०७२, शनिबार ०५:५७


????????????????????????????????????
मेचीनगर । नेपाली भाषालाई एकरुपता दिने उद्देश्यका साथ झापाको काँकरभिट्टामा शुव्रmवारबाट तीन दिने अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठी सुरु भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालित सङ्गोष्ठीको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. बिष्णुबिभु घिमिरेले उद्घाटन गरेका थिए ।

कार्यव्रmमको उद्घाटन गर्दै उपकुलपति घिमिरेले नेपाल तथा भारतमा बोलिने नेपाली भाषाको प्रयोगमा एकरुपता ल्याउनु नै गोष्ठीको मुख्य उद्देश्य रहेको बताए ।

काँकरभिट्टा खानेपानी समितिको सभाहलमा भएको कार्यव्रmममा भारतको आसाम, मणिपुर, वर्मा, मेघालय तथा नेपालका विभिन्न क्षेत्रबाट आएका ७० जना भाषाविद्को सहभागिता रहेको छ ।

कार्यव्रmममा प्राज्ञ डा. चुडामणि बन्धु, प्राज्ञ सदस्य यज्ञराज प्रसाई, प्राज्ञ चुडामणि रेग्मी, भाषाविद् प्राज्ञ डा. भीमकान्त उपाध्याय, प्राज्ञ डा. व्रतराज आचार्य, डम्बर दहाल, नेपाली साहित्य परिषद सिक्किमका अध्यक्ष पारसमणि दङ्गाल, भुटानका साहित्यकार छत्रपति फुयाँल, म्यानमारका साहित्यकार अमित घिमिरेलगायतले नेपाली भाषाको प्रयोगमा भइरहेका मत भिन्नताहरूलाई पहिचान गरी साझा धारणा बनाएर अघि बढ्नका लागि यस गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उद्घाटन कार्यव्रmमको सभापतित्व आयोजक व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले गरेका थिए । सदस्य डिल्लीराम घिमिरेले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सचिव पुण्यप्रसाद खरेल र उषा भट्टले गरेका थिए ।

पहिलो सत्रको कार्यव्रmममा आसाममा नेपाली भाषाको वर्तमान अवस्थाको बारेमा केन्द्रित रहेर प्राज्ञ खेमराज नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी डा. कृष्णराज घतानीले पश्चिम बङ्गालमा नेपाली भाषाको विस्तार र सामाजिक भूमिकासँग केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरे । त्यस्तै पारसमणि दङ्गालले सिक्किममा नेपाली भाषाको वर्तमान अवस्थामा केन्द्रित रहेर कार्यपत्र पेश गरेका थिए ।

कार्यपत्र पेश गरेका भाषा विज्ञहरूले कार्यव्रmममा सहभागीहरूको जिज्ञासाको उत्तर दिएका थिए । सहभागीहरूले कार्यपत्रमाथि समीक्षा तथा सुझाव समेत दिएका थिए ।

विश्वमा रहेको नेपाली भाषा एउटै भए पनि बोलीचाली र लेखनमा फरक पर्ने भएकाले भावी पुस्तालाई नेपाली भाषाको बारेमा नै अन्योल उत्पन्न हुुन नदिन भाषालाई एकरुपता कायम गर्न आवश्यक रहेको वक्ताहरूको साझा धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: