भिसा लिने पर्यटक घटे

  प्रकाशित मिति
२४ बैशाख २०७५, सोमबार १०:३४


 

मेचीनगर । चालु आर्थिक वर्ष २०७४÷२०७५ सकिन अब करिब दुई महिना मात्र बाँकी छ ।

९० दिनका लागि घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएपछि अध्यागमन कार्यालय काँकरभिट्टाले गतवर्षको जति राजस्व यो वर्ष असुली गर्न नसक्ने भएको छ ।

कार्यालय प्रमुख पवन गुप्ताका अनुसार चालु आर्थिक वर्ष ०७४÷०७५ को चैतसम्ममा ६७ लाख ५५ हजार ६८५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले नेपाल घुम्न आउने विदेशीलाई आगमन अनुमति पत्र (भिसा) जारी गरे वापत राजस्व सङ्कलन गर्ने गरेको छ । गतवर्ष कार्यालयले ९४ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले दिएको जानकारी अनुसार अध्यगमनले तीन प्रकारका भिसा जारी गर्ने गरेको छ । कार्यालयले १५ दिनका लागि भिसा जारी गरे वापत युएसए २५ डलर ३० दिनका लागि ४० डलर र ९० दिनका लागि एकसय डलर लिने गरेको जनाएको छ । ९० दिनका लागि भिसा लिने पर्यटकको सङ्ख्या घटेपछि राजस्व सङ्कलनमा कमी आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: