भीमा शिवाकोटीसहित तीन पत्रकार सम्मानित

  प्रकाशित मिति
२७ श्रावण २०७९, शुक्रबार १६:४१


विर्तामोड, २७ साउन । झापाली दिवंगत अग्रज पत्रकार डिकमान विरहीको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट तीन पत्रकार सम्मानित भएका छन् ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले आज एक समारोहबीच उक्त पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत हुनेहरुमा भीमा शिवाकोटी (डिकमान विरही पत्रकारिता पुरस्कार), विष्णुकुल श्रेष्ठ (उदीयमान पत्रकारिता पुरस्कार) र गंगामाया बेघा (उदीयमान पत्रकारिता पुरस्कार) रहेका छन् ।

नगद पुरस्कार स्वरुप शिवाकोटीलाई २५ हजार रुपैयाँ र अरु दुई पत्रकारलाई पाँच हजार रुपैयाँ प्रदान गरिएको छ ।

मेचीनगर–१३ चारआली निवासी डिकमान सुनुवार रासस, पूर्वाञ्चल, शनिवार, विवेचना, झुल्केघाम लगायतका पत्रपत्रिकामा कार्यरत थिए। उनको असामयिक निधनपछि फोनिज झापाले पुरस्कार स्थापना गरेको हो ।

आज पुरस्कृत शिवाकोटी कञ्चनजंघा एफएममा कार्यरत छन् भने श्रेष्ठ एपी वान टेलिभिजनमा कार्यरत छन् ।

फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बाको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको प्रमुख अतिथि फोनिजका संघीय उपाध्यक्ष कमन देवान रहेका थिए ।

सो अवसरमा पत्रकारहरु दिपीन राई, इन्दु पूर्वेली, रेजिना रोदन, मनकुमार गदाल, गणेशमान मुखिया, रमेश समदर्शी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: