भुटानी शरणार्थी नेता भम्पा राईको निधन

  प्रकाशित मिति
५ असार २०७९, आईतवार १०:४१


मेचीनगर, ५ असार । भुटानी शरनार्थीका नेता डा. भम्पा राईको निधन भएको छ ।
शनिबार विहानको राति २ वजेर ४० मिनेट जाँदा ७५ वर्षीय राईको निधन भएको हो । उनको

विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । एकहप्ता अघि दमको एक अस्पतालमा हर्नियाको शल्यक्रिया गरिएका राईको शनिबार दिउसो मुटुको चाल कम भएको थियो ।

उनलाई सुरुमा दमक स्थित लाइफालाइन अस्पतालमा उपचारका लागि लगिएको थियो । चिकित्सकहरुले थप उपचारका लागि भन्दै विराटनगर रिफर गरेको थियो । उपचारका क्रममा राईको विहानको राति निधन भएको उनकी भान्जी गौरी राईले बताइन् ।

३० वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राई दमकमा एक्लै बस्दै आएका थिए । दुई वर्षअघि श्रीमती उर्मिलाको निधन भएपछि उनी दमकको डेरामा एक्लै बस्दै आएका थिए ।

राई लामो समयदेखि पेट सम्बन्धी रोगबाट पीडित थिए । तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा उनी लामो समय थलिएका थिए । उनी पछिल्लो एक वर्षदेखि हर्नियाबाट पनि पीडित थिए ।

किराँत संस्कार अनुसार राईको आइतबार पाडाजुँगी स्थित रतुवामाई वृक्षारोपणको जंगलमा अन्त्येष्टि गरिने परिवारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: