भुस्याहा कुकुरको आतंक

  प्रकाशित मिति
२९ बैशाख २०७३, बुधबार १३:०३


dogभुस्याहा कुकुरको आतंक बढेपछि झापा दुहागढीका कृषकहरु चिन्तित बनेका छन् ।

भुस्याहा कुकुरले दिनहुँ चरनमा बाँधेका खसी बाख्रा आक्रमण गरी मार्ने गरेपछि वडा नं. ८ का कृषकहरु चिन्तित बनेका हुन्
एक महिनाको अवधिमा स्थानीय भक्त बहादुर गुरुङ्ग सूर्य विर्जा, केरिम मिया, रुप बहादुर भट्टराई, तुलसा थापा, शान्तिराम कडरिया, टंक प्रसाद काफ्लेलगायत डेढ दर्जन बढी कृषकहरुका खसी बाख्रा भुस्याहा कुकुरको आक्रमणमा परी मरिसकेका छन् ।

झण्डै १ दर्जनको संख्यामा रहेका कुकुरहरुले खसी बाख्रालाई आक्रमण गरी मारेर मासु खाने गरेका छन् । भुस्याहा कुकुरको आतंकका कारण कृषकहरुले आफ्ना खसी बाख्रा घरैमा बाँध्न बाध्य भएको भन्दै यसको नियन्त्रणका लागि सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: