।। रेवतिराज घिमिरे ।।
भद्रपुर । लकडाउनका बेला खाना खान नपाएर भौतारिदै हिड्ने गरेका भद्रपुर क्षेत्रका डेढ सय भुस्याहा (सामुदायिक) कुकुरलाई यहाँका दुईटा संस्थाले शुक्रवार मासुभात खुवाएका छन् ।
नेपाल पुर्व प्रहरी संगठन भद्रपुर नगर समिति तथा नेपाल गौसंरक्षण समिति झापाले भद्रपुरका भुस्याहा (सामुदायिक) कुकुरहरुलाई मासु भात खुवाएका हुन् ।
भद्रपुरको वडा नम्बर ७, ८ र १० का विभिन्न चोक गल्लीहरुमा भौतारिदै हिड्ने एकसय भन्दाबढी भुस्याहा (सामुदायिक) कुकुरहरुलाई ती दुई वटा संस्थाले खाना उपलब्ध गराएका थिए ।
भुस्याहा (सामुदायिक) कुकुरहरु लकडाउन नहुँदा होटल आसपास तथा विभिन्न स्थानमा खोजेर खाना खाने गरेका थिए ।
भुस्याहा (सामुदायिक) कुकुरहरुले होटल लगायतका सबै घर तथा मासु काट्ने स्थल समेत बन्द भएको अवस्थामा पुथ्वीका सबै प्राणीलाई बाच्न दिनु पर्छ भन्ने उद्देश्यले कुकुरहरुलार्इं खाना खुवाइएको पुर्व प्रहरी संगठनका अध्यक्ष सरोजकुमार कार्कीले जानकारी दिए ।
उनले दुईवटा संस्थाले मिलेर भुस्याहा (सामुदायिक) कुकुरहरुलाई संयुक्तरुपमा मासु र भात उपलब्ध गराइएको बताए ।
भद्रपुर क्षेत्रको सगरमाथा चौक, लेखनाथ चौक, बजार लाईन लगायतका विभिन्न स्थानहरुमा खाना खोज्दै हिड्ने कुकुरहरुले एकदिन भए पनि भरपेट खान पाउन भन्ने उद्देश्यले खाना खुवाईएको गौसंरक्षण समितिका अध्यक्ष दुर्गाप्रसाद पाठकले बताए ।
मानव जातीलाई विभिन्न सहयोग उपलब्ध गराउने व्यवस्था भए पनि सडकमा हिड्ने प्राणीहरुको लागि भने कसैले पनि वास्ता नगरेको उनले बताए ।
पृथ्वीका सबै प्राणीहरुले बाच्न पाउनु पर्छ भन्ने सकरात्मक सोचका साथ दुवै संस्थाले एक दिनको खाना खुवाइएको अध्यक्ष पाठकले बताए ।