बिर्तामोड, २ माघ । १८औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस शनिवार झापामा विविध कार्यव्रmमका साथ मनाइएको छ ।
झापाको बिर्तामोडमा विभिन्न पाँच संस्थाको संयुक्त आयोजनामा जिल्ला स्तरीय कार्यव्रmमका साथ उक्त दिवस मनाइयो । विर्तामोड नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड, नेपाल पत्रकार महासङ्घ झापा, झापा उद्योग बाणिज्य सङ्घ शाखा बिर्तामोड र मारवाडी युवा मञ्च बिर्तामोडको संयुक्त आयोजनामा ¥याली, सभा र चेतनामूलक प्रस्तुतिका साथ कार्यव्रmम सम्पन्न भएको हो ।
कार्यक्रममा जनचेतनाको अभावमा भूकम्पका कारण ठूलो जनधनको क्षति भइरहेको भन्दै क्षति न्यूनीकरण गर्न गाउँ–घरसम्म जनचेतना अभियान सशक्त बनाउनुपर्नेमा जोड दिइयो ।
‘बैशाख १२ मा गईहाल्यो भुइँचालो, सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने नाराका साथ बिर्तामोडको अतिथि सदनबाट शुरु भएको व्यानर र प्ले कार्डसहितको ¥यालीले बिर्तामोड परिक्रमा गरेको थियो । ¥यालीपछि आयोजित सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका इञ्जीनियर किशोर तिम्सिनाले भूकम्पले पु¥याउने क्षति र अपनाउनुपर्ने सावधानी बारे जानकारी गराएका थिए ।
बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रवीन्द्र वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका रामलाल उप्रेती, झापा उद्योग बाणिज्य सङ्घ बिर्तामोडका अध्यक्ष बलराम कार्की, रेडव्रmस बिर्तामोडका सभापति सजेश शिवाकोटीले भूकम्पबाट हुने क्षति कम गर्न राजनीतिक दल र सामाजिक सङ्घ–संस्थाले निर्वाह गर्नुपर्ने दायित्व बारे धारणा राखेका थिए ।
पत्रकार महासङ्घ झापाका सचिव एकराज गिरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मारवाडी युवा मञ्च बिर्तामोडका अध्यक्ष रोनक बंशलले गरेका थिए ।
¥यालीमा नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी,टाफिक प्रहरी सहित झापाका दुई दर्जन बढी संस्थाका प्रतिनिधि व्यानरसहित सहभागी थिए ।
कार्यव्रmममा बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत वस्तीले सहरी विकास तथा भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी संरचना बनाउन सके मात्र मानिसको जीवन सुरक्षित हुने धारणा राखेका थिए । यसबर्षको भूकम्प सुरक्षा दिवसको थीम ‘भूकम्प प्रतिरोधी घर संरचना, सुरक्षित नेपाल हाम्रो चाहना’ रहेको छ ।