काँकरभिट्टा, १९ पुस÷ झापाको काँकरभिट्टामा जारी प्रथम अन्तर्राष्ट्रिय काँकरभिट्टा गोल्डकप आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा फ्यान्स क्लब भूटानले फुटबल क्लब मङ्गलबारे मोरङमाथि सहज जीत हात पारेको छ ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा काँकरभिट्टा उच्च माविको खेल मैदानमा मङ्गलबार भएको खेलमा मङ्गलबारेलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै भूटानले सेमीफाइनलको यात्रालाई सुरक्षित गरेको छ । जीतका लागि खेलको चौथो मिनेटमा भूटानका तर्फबाट अफ्रिकी खेलाडी सेगुनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
मोरङका गोलरक्षक देवराज लिम्बूले भूटानका राज पौडेललाई ट्रयाकल गरेपछि भूटानले पेनाल्टी सुटआउटको अवसर पाएको थियो । जसलाई सेगुनले सहजै गोल गरेका थिए ।
सुरुवातीदेखि नै दबाबमा राखेको भूटानले दोस्रो गोल खेलको ४७ औँ मिनेटमा लगाउँदै खेललाई दोब्बर बनाएका थिए । वर्तमान राईले २० यार्डबाट दिएको पासलाई सेगुनले बललाई जाली चुमाएका थिए ।
निरन्तर एकपछि अर्काे आव्रmमण गरेको भूटानले ५५औँ मिनेटमा सेगुनको पासलाई होल्ड गर्दै ठूलो डिएरियाबाट रुपेश केसीले विपक्षी गोलरक्षक देबराज लिम्बूलाई झुक्याएर उत्कृष्ट गोल गर्दै खेललाई ३–० को अन्तर बनाएका थिए । मोरङको तर्फबाट गोल गर्ने केही अवसर पाए पनि भूटानका मेन डिफेन्स पिटर बाधक बनेका थिए ।
खेलको म्यान अफ द म्याच भूटानका सेगुन घोषित भएका थिए । उनलाई अठोट नेपालका उपाध्यक्ष नरेन्द्रकुमार गुरुङबाट प्राप्त नगद २ हजार र ट्रफ्रि प्रदान गरिएको थियो ।
यसैगरी प्रतियोगिताको पहिलो सेमीफाइनल खेल बुधवार सुरु हँुदैछ । सेमीफाइनलमा विर्तामोड युनाइटेड, चर्ज व्वाइज काठमाडौ, दार्जीलिङ फुटबल क्लब र भूटान प्रवेश गरेका छन् ।
जस अन्तरगत पहिलो सेमीफाइनल खेलमा बुधवार विर्तामोड युनाइटेड क्लब र चर्ज व्वाइज काठमाडौबीच हुने आयोजकका उपाध्यक्ष लाक्पा लामाले बताए ।