शरणार्थीको समस्या समाधान गर्न माग

  प्रकाशित मिति
१ पुष २०७४, शनिबार १७:२४


दमक । पुनर्वासपछि रहने नेपालका शिविरमा भुटानी शरणार्थीको मुद्दा कुटनीतिक तहबाट समाधान गर्नु पर्नेमा झापाको बेलडाँगी शरणार्थी शिबिरमा २९ मंसिरमा आयोजित कार्यक्रमका बक्ताले जोड दिएका छन् ।

शरणार्थी शिविरमा शैक्षिक सहायता परियोजनाको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित सो कार्यक्रममा बोल्दै दमक नगरका मेयर रोमनाथ ओलीले बाँकी शरणार्थीको समस्या समाधानको लागि केन्द्र सरकारले कुटनीतिक पहल शुरु गर्नुपर्ने बताए । उनले भने, ‘विभिन्न कारणले पुनर्वासमा नगएका वा जान नसक्नेहरुलाई पनि अन्तराष्ट्रिय समुदायले हेर्नु पर्छ ।’

अर्का वक्ता पूर्वी मोरङको पथरी शनिश्चरे नगरका मेयर दिलिप राईले करिव एकलाख एघारहजार शरणार्थी पुनर्वासमा जाँदा समस्याको ठुलो हिस्सा समाधान भएको बताए ।

राष्ट्रसङघीय शरणार्थी सम्बन्धी उच्च आयोगले यहि डिसेम्बर ३१ देखि भुटानी शरणार्थीको तेस्रो देश पुनर्वास बन्द गर्ने घोषणा गरिसकेको छ । पुनर्वासको अन्त्य भएसँगै झापा दमकको बेलडाँगी र पुर्वी मोरङको पथरी शनिश्चरे नगरका समेतगरि दुईवटा शिबिरमा नौहजार जति भुटानी शरणार्थी रहनेछन् ।

कारितासले सन् १९९२ देखि चलाएको शरणार्थी शैक्षिक सहायता कार्यक्रमबाट हालसम्ममा करिव १६ हजार भुटानी शरणार्थी छात्रछात्राले नेपालको एसएलसी परीक्षा बोर्डबाट सो परिक्षा उत्तीर्ण गरेका छन् ।

सोही अवसरमा पुनर्वास भएर अमेरिका गएका भुटानीहरुको छाता सङ्गठन अर्गनाइजेसन अफ भुट्निज कम्युनिटी इन अमेरिका ओविसिएका अध्यक्ष दिलिप दाहाललगायत शरणार्थी शैक्षिक कार्यक्रममा सहयोग पु¥याउने विभिन्न १२ ब्यक्ति र संघसंस्थालाई सम्मान गरियो ।

कार्यक्रममा ओविसिएका तर्फबाट दाहालले शिबिरमा शरणार्थी रहुन्जेल शैक्षिक कार्यक्रम चालु राख्न अनुरोध गर्दै कारितासलाई ५०हजार रुपँैया सहयोग समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: