भूटानी शरणार्थी शिविरमा आगलागी हुँदा रु. १७ लाख बढीको क्षति

  प्रकाशित मिति
१८ बैशाख २०७७, बिहीबार १२:३८


दमक । झापाको दमक नगरपालिका–३ स्थित भूटानी शरणार्थी शिविरमा आज विहान आगलागी हुँदा अन्दाजी रु. १७ लाख ३५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट चार घर जलेर नष्ट हुँदा सो क्षति भएको हो । राति दुई बजेको समयमा शिविरको ‘वी ३ हट नम्बर २६०’ मा रहेको टीकाराम चापागाईको घरबाट अचानक आगलागी हुँदा छिमेकी पदम चापागाँई, रुपनारायाण दुलाल र हर्कबहादुर सुब्बाका घर समेत जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमक नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयबासीले साढे ३ बजे मात्र पूर्ण रुपमा आगो नियन्त्रणमा लिएका थिए । आगलागी बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: