भूतपूर्व राष्ट्रिय खेलाडी सन्देश श्रेष्ठलाई गृह नगरमा सम्मान

  प्रकाशित मिति
१५ भाद्र २०७८, मंगलवार १५:५७


मेचीनगर, १५ भदौ । फुटबलका भूतपूर्व राष्ट्रिय खेलाडी मेचीनगर निवासी सन्देश श्रेष्ठलाई आज एक कार्यक्रमका वीच काँकरभिट्टाका स्थानीय खेलाडीहरुले सम्मान गरेका छन् ।

मेचीनगर–६ स्थित शान्तिगाँउको प्रस्तावित डाउन टाउन एफसी फुटबल क्लबले भूतपूर्व राष्ट्रिय खेलाडी काँकरभिट्टा निवासी सन्देश श्रेष्ठ र झापा जिल्ला फुटबल संघका सदस्य कर्णबहादुर थापा मगर (राजा) लाई सम्मान गरेको हो ।

क्लबका अध्यक्ष राकेश थापा, उपाध्यक्ष सुरज गुरुङ, कोच गोकुल रिजाल, सदस्यहरु पिङ्की थापा, राकेश तामाङ, अयाश खड्का, प्रतिक खड्का, रसना गुरुङ, दिपिका गुरुङ, सुरुक्षा गुरुङ लगायतले अविर, टिका, खादा, मायाको चिनो र ट्रफि प्रदान गरेर सम्मान गरेका हुन् ।

क्लबका अध्यक्ष थापाको सभापतित्व एवम् सचिव रोशन बान्तवाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

क्लबले गाँउ–गाँउका युवाहरुलाई समेटेर उत्कृष्ट खेलाडीहरु उत्पादन गरिरहेका छन् । क्लबका २ जना खेलाडीहरु निश्चल राई र विशाल गिरी अहिले भईरहेको राष्ट्रिय सी डिभिजन लिगमा चन्द्रागिरी स्पोटिङ क्लबबाट प्रतियोगितामा भाग लिईरहेको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: